२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको एक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना

१८ मंसिर २०७५, मंगलवार ०८:१६

मङ्सिर १८, पाल्पा | पाल्पा जिल्लाको तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माध्यमिक विद्यालयमा न्यून दृष्टियुक्त व्यक्तिको अध्ययनरतमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ । 

कतारको दोहामा बसोबास गर्दै आएको पाल्पालीको संस्था पाल्पाली सेवा समाजले तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माविमा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरेको हो । 

समाजका पूर्वअध्यक्ष यमबहादुर विक, भरतबहादुर खत्री, कृष्ण सारुलगायतले विद्यालयका प्रधानाध्यापक मोहन सापकोटालाई नगद रु एक लाख हस्तान्तरण गर्नुभएको हो । समाजका पूर्वअध्यक्ष यमबहादुर विकले न्यून दृष्टियुक्त विद्यार्थीका लागि अक्षयकोष स्थापनाबाट केही मात्रा भए पनि राहत पुग्ने बताउनुभयो । 

विद्यालयका प्रअ सापकोटाले विदेशमा रहेर पनि जिल्लाप्रतिको सहयोगले समाज रुपान्तरणमा ठूलो सहयोग पुगेको बताउनुभयो । 

सन् २००७ मा स्थापना भएको उक्त समाजले जिल्लाका पाँच विद्यालयमा गरीब तथा विपन्न समुदायका विद्यार्थीलाई रु एक लाख १५ हजार बराबरको झोला वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य