४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्तरिय सेवाका लागि यातायात व्यवसायीहरु प्रतिवद्ध

२८ मंसिर २०७२, सोमबार ०२:०८

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । दाङका यातायात व्यवसायीहरुले स्तरीय सेवा दिने बताएका छन् ।

उनीहरुले हाल यातायात क्षेत्रमा देखिएका समस्याहरुलाई निराकण गदै आगामिदिनमा स्तरीय तथा यात्रुहरुको माग वमोजिम सेवा दिने बताएका हुन ।

राप्ती समिति, राप्ती अम्विकेश्वरी तथा तुलसीपुर जिप तथा माईक्रो मिनि वस समितिले यात्रुवर्गहरुको मागलाई मध्यनजर गदै सुविधा सम्पन्न तथा सवैको पहुँच पुग्नेगरि यातायात सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

समितीले आईतबार तुलसीपुरमा पत्रकार समेलनगरी उनीहरुले समयको माग र यात्रुहरुको माग वमोजिम ए.सी, डिलक्सलगायतका सेवाहरु छिटोभन्दा छिटो सञ्चालन गर्ने बताउनु भयो ।

‘‘आम यात्रुहरुको सुविधालाई मध्यनगरगदै स्थानीय रुटमा गाडिहरु थप गरेका छौं, समय सापेक्षिक यातायात सेवाको स्तर वृद्धि गर्ने उदेश्यले दाङ देखी काठमाडौं सम्मको लागि डिलक्स गाडी संचालन गरेका छौं – राप्ती समितिका अध्यक्ष शुरेस हमालले भन्नु भयो ।

’उहाँले भोली देखिनै डिलक्स गाडिहरुलाई पहीलो प्रथामिकतामा राखेर यातायात सञ्चालन गर्ने बताउनु भयो । साथै अव पुसको १५ गते भित्रमा ६ वटा एसी बस सेवा समेत संचालन गर्ने तयारीमा छौं – हमालले भन्नु भयो ।’ त्यसैगरी राप्ती अंचलका रुकुम, सल्यान, प्यूठान र रोल्पामा साना गाीडहरु संचालन गर्ने पनि बताएको छ ।

पत्रकार समेलनमा बोल्दै अम्विकेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर वस्नेतले यातायातका साधनहरुमा केही गल्ती कमीकम्जोरी भएका र त्यसलाई सुधार गदै स्तरीय सेवा आफुहरुले दिने बताउनु भयो । ‘हाम्रा यातायातका साधनहरुमा केही सुधार गनुपर्ने पक्षहरु होलान त्यसलाई सुधारदै स्तरीय सेवा दिने छौं – बस्नेतले भन्नु भयो ।

त्यसैगरी पत्रकार समेलनमा बोल्दै तुलसीपुर जिप व्यवासी समितिका अध्यक्ष यमकान्त भण्डारीले दाङमा रहेका ४ वटा यातायात व्यवसायी समितिहरुले दिईरहेको सेवालाई प्रभावकारी बनाउदै यात्रु तथा समयको मागअनुरुप सेवा दिने बताउनु भयो ।

‘हामीहरुपनि समय सापेक्षीक रुपान्तरण हुदै गएका छौं यहाँको यातायातलाई गुणस्तरीय र राम्रो बनाउने छौं –भण्डारीले भन्नु भयो ।’ त्यसैगरी राप्ती समिति लगायतका यहाँका समितिले सामाजीक दाइत्व पनि पुरा गदै आएको बताएको छ ।

‘हामीहरुले नाफा मुखि व्यवसाय सञ्चालन गरेका छैनौं विभीन्न समयमा भुकम्प पिडित, वाढी पडित तथा अन्य समाजीक संस्थाहरुमा सहयोग समेत गरेका छौं – राप्ती समितिका अध्यक्ष हमालले भन्नु भयो ।’ त्यसैगरी पत्रकार समेलनमा यहाँका व्यवासयीहरुलाई मारमा पार्नेगरि हुने कुनैपनि कृयाकलापहरु आफुहरुलाई मान्य नहुने बताएको छ ।

पछिल्लो सयममा आएर केहि सिमित व्यक्तिहरुको स्वार्थ सिद्धिका लागि अंचल वाहीरबाट सिमित गाडिहरु ल्याई प्रालि खोली संचालन गर्न लागेको खवरप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको समेत पत्रकार समेलनमा जानकारी गराएको थियो ।

विगत २०४१ सालमा पहीलो पटक राप्तीमा स्थापना भएको समिति र दाङमा अन्य समितिले यातायात सुचारु गरेको भन्दै सो समितिमा आवद्ध व्यवसायी विरुद्ध हुने कियाकलापका विरुद्ध आफुहरुले शसक्त रुपले लाग्ने बताएको छ ।

‘व्यवसायीहकहित र आमयात्रुहरुको सेवा सुविधालाई जोगाई राख्न जस्तो सुकै कमद चालन पनि नपर्ने कुरा जानकारी गराउदै यसमा हामीहरुले नैतिक, भौतिक तथा जस्तो सुकै मुल्य चुकाउन पनि समिति पछि पर्ने छैन् –हमालले भन्नु भयो ।

‘हामीहरु संग हाल ५ सय बढी व्यवसायीहरु छन् उनीहरुको व्यवसायलाई वाधा पुग्ने खाले अस्वस्थ प्रतिसप्रदा विरुद्ध लाग्ने छौं उहाँले भन्नु भयो ।’

त्यसैगरी नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका राप्ती अञ्चल समितिले पनि अंचल भित्रका १४ वटा समितिहरुले आफनो कुशल व्यवस्थापनका कारणले आम यात्रु तथा उपभोक्ता वर्गमा गुणस्तरीय सेवा प्रवाह भैरहेको जनाएको छ ।

अंचल संयोजक भरतनाथ योगीले केही सिमित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि अंचल बाहिरबाट सिमित गाडीहरु ल्याई प्रालि खोली अंचल समिति राप्तीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । त्यसै गरी उनले अंचल भित्र रहेका सम्पूर्ण संघ समितिहरुलाई अतोत्साहीत नहुन आग्रह समेत गरेका छन् ।

‘अंचल भित्रको यातायात व्यवस्थापनमा खलवल पु¥याउनका लागी अंचल वाहिरबाट गाडि ल्याई संचालन गर्ने व्यवसायीहरुको सम्पूर्ण गाडीहरुमा पूर्ण रुपमा रोक लगाउने प्रतिवद्धता जाहेर गदै यस अंचल भित्र रहेका सम्पूर्ण संघ समितिहरुले आ–आफनो सेवा सुविधालाई निरन्तर जारी राख्न आग्रह गर्दछु उहाँले भन्नु भयो ।’

साथै कुनै प्रकारको कमि कम्जोरी रहे त्यसलाई समय सापेक्ष सुधार गर्न पनि आग्रह गर्दछु योगीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।’ राप्ती समितिका अध्यक्ष शुरेस हमालको अध्यक्षता भएको पत्रकार समेलनमा विषय वस्तु माथि प्रकाश कार्यालय प्रमुख डा. लोकराज पराजुलीले पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासनिक सचिव नारायण न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ