नवलपरासीमा दुर्घटना, सांसदका छोराको मृत्यु

साझासवाल

<p>मङ्सिर १९, कावासोती (रासस) | पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>ना३२प ८३९० नं को स्कुटर दुर्घटना हुँदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।&nbsp;</p><p>स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ । गौतम गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोरा हुन् ।&nbsp;</p>

Leave a Comment

Leave a Reply