2026-09-13 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हरियाली बढाउँदै निजी वन

मङ्सिर १९, घोराही (रासस) | हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लामिछानेले निजी जग्गामा बिरुवा रोपेर हरियाली बनाउनुभएको हो । 

घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहोनीले पनि आफ्नो जग्गामा निजी वन बनाउनुभएको छ । उहाँले १३६ कट्ठा जग्गालाई २०४३ सालमा निजी वनमा परिणत गर्नुभएको हो । घोराही–५ धर्नाका सकुन्ताला श्रेष्ठले पनि घोराही–७ सर्रामा ५७ कट्ठा जग्गामा निजी वन बनाउनुभएको छ । यस्तै घोराही–१४ का विमला खत्रीले पनि तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ८० कट्ठा जग्गामा निजी वन बनाउनुभएको छ । उनीहरु जस्तै जिल्लाका करीब ३०० व्यक्तिले विभिन्न ठाउँमा आफ्नो निजी जग्गामा वन बनाउनुभएको छ । 

जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार एक कट्ठादेखि करीब २५० कट्ठासम्मको जग्गामा व्यक्तिले निजी वन बनाएका छन् । जिल्लामा करीब चार हजार ८१ कट्ठा अर्थात् १३८ हेक्टर जमीन निजी वनले ओगटेको तथ्याङ्क छ । चालु आर्थिक वर्ष २०७३/७४ मा मात्र करीब दुई दर्जन बढी व्यक्तिले जिल्लामा आफ्नो जग्गालाई निजी वनमा परिणत गरेका छन् । चालु आवमा पनि कार्यालयले निजी वन दर्ता प्रक्रियालाई अगाडि बढाएको छ । सूचना अधिकृत खिमबहादुर केसीका अनुसार कार्यालयले निजी वन बनाउने व्यक्तिलाई प्रोत्साहन तथा पुरस्कृत गर्दै आएको छ । 

निजी वन विकास तथा वृक्षरोपणको लागि केन्द्रीय वन नर्सरी, सेक्टर वन नर्सरी, इलाका वन नर्सरी तथा निजी नर्सरी सञ्चालकबाट आव २०७४/७५ मा करीब नौ लाख बिरुवा खरिद गरेर वितरण गरेको सूचना अधिकृत केसीले बताउनुभयो । ती सबै बिरुवा कार्यालयले निजी वनलाई वितरण गरेको थियो । ‘अहिलेका बिरुवा तपार्इं÷हाम्रा नानीका भविष्य हुन्, यिनको संरक्षण र उपयुक्त व्यवस्थापन गर्नु हाम्रो कतव्य हो’ नारा लिएर कार्यालयले निजी वन विकास गर्न प्रोत्साहन गर्दैआएको छ । अहिले निजी वनप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले