लमहीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

साझासवाल
1 Min Read

<p>मङ्सिर १९, घोराही (रासस) | लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।&nbsp;<br></p><p>वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।&nbsp;</p><p>दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply