Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 5, 2018 डोटी - DT, समाज

डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर १९, धनगढी | डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ ।&nbsp;<br></p><p>घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताउनुभयो । उहाँको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते हुनुभएको छ । उहाँ घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा पर्नुभएको हो । आक्रमणबाट उहाँले एक आँखा गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताउनुभयो । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्ष्याइएको छ ।&nbsp;</p>