मङ्सिर १९, गौशाला | महोत्तरीको जलेश्वर कारागारमा बन्दी जीवन बिताइरहेका ६० कैदीबन्दीलाई मङ्गलबारदेखि सात दिने सीपमूलक तालीम शुरु गरिएको छ ।

प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग एवं आयोजनामा आजदेखि कारागारका ४२ महिला र १८ पुरुष कैदीबन्दीका लागि अगरबत्ती बनाउने तालीमको शुरुआत गरिएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

तालीम शुभारम्भ कार्यक्रममा प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजकुमार सिंहले तालीमले कारागारभित्र बस्ने कैदीबन्दीको सीप विकास हुने, उनीहरू क्षमतावान् बन्ने र जेलभित्रैबाट आयआर्जन गर्न सहायकसिद्ध हुने बताउनुभयो ।

उहाँले अगरबत्ती बनाउने तालीम लिइसकेपछि कैदीबन्दीलाई कैद अवधि कटाउन सजिलो हुने र कैदपश्चात् पुनःसमाजिक जीवनमा फर्कन सजिलो हुने कुरा बताउनुभयो ।