Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बारेकोटको सबै वडामा हेलिप्याड निर्माण

२०७५, १९ मंसिर बुधबार ०८:४७

मङ्सिर १९, जाजरकोट | सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । 

समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ । गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण भइसकेकाले चाहेको समयमा हवाई मार्गबाट सेवा दिन सकिने भएको छ । 

जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट गाउँपालिका जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा रहेको छ । झाडापखाला, भाइरल ज्वरो, मौसमी फ्लु जस्ता रोग यही बारेकोट गाउँपालिकाबाट शुरु भएको थियो । अत्यन्तै चिसो र पाटन क्षेत्रबाट नजिक रहेको यो गाउँपालिका अन्य स्थानीय तह भन्दा फरक रहेको छ । 

औषधि, खाद्यान्न, अन्य दैनिक उपभोग्य सामग्री पठाउन यहाँका स्थानीय खच्चड, घोडा र स्थानीयवासी आफैले बोक्नुपर्ने अवस्था छ । टेलिफोनको राम्रो पहुँच भएको बारेकोट गाउँपालिकामा सहज रुपमा सेवा प्रवाह गर्नसमेत मुस्किल परेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । 

विभिन्न खालका समस्या हवाईमार्गबाट सहज रुपमाहल गर्नका लागि प्रत्येक वडामा हेलिप्याड निर्माण गरिएको शाहको भनाइ छ । यो भन्दा अगाडि विभिन्न समयमा रोग फैलिँदा औषधि आपूर्ति गर्नका लागि लिइएको हेलिकप्टर बस्ने ठाउँ नहुँदा समस्या भएको थियो । सडक सञ्जालसँग नजोडिएको यो गाउँपालिकामा जान र आउन मात्र सदरमुकामबाट दुई दिन भन्दा बढी लाग्ने गर्दछ । 

बिरामीलाई उपचारका लागि सदरमुकाममा ल्याउन वा देशका अन्य ठाउँमा लिनका लागि धेरै दिन लाग्ने भएकाले हवाई मार्ग प्रयोग गरी छिटो उपचारका लागि सहज हुने गाउँपालिकाले अपेक्षा लिएको छ । 

वर्षेनी खाद्यान्न अभाव हुने यो क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि पनि हवाई मार्गबाट सहज हुने गाउँपालिकाले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली