२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा कुटपिट गरि २२ वर्षीय युवकको हत्या

२०७५, २० मंसिर बिहीबार ०८:४७

मङ्सिर २०, रुकुम | रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् । 

व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको उपचारका क्रममा खर्च भएको रु दुई हजार नदिएपछि विकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । घटनाको अनुसन्धान भइरहे पनि प्रारम्भिक अनुसन्धानका क्रममा दुई हजार नदिएकै झोकमा विकले सार्कीलाई कुटपिट गरेको खुलेको प्रमुख नायब उपरीक्षक खड्काले बताउनुभयो । 

सार्कीको उपचारका क्रममा गत मङ्सिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका विकलाई मङ्सिर १० गते नै जाजरकोटको बगराबाट पक्राउ गरे पनि प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला अदालतबाट म्याद थपी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु