२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पानीमा राजनिति गर्न नहुनेमा जोड

२९ मंसिर २०७२, मंगलवार ०७:५५

सन्तोषकुमार गुप्ता/ मंसिर २९, देउखुरी । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेसनको सामेवार उद्घाटन गरिएको छ । साधारण सभाको उद्घाटन गर्दै साना सहरी खानेपानी आयोजना ब्यवस्थापन कार्यालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्रिले उपभोक्तालाई गुणस्तरीय पानी उपलब्ध गराउन प्रतिवद्ध रहेको वताउनु भयो ।

संस्थाका अध्यक्ष कर्णबहादुर वुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले पानीमा राजनिति नगर्न अनुरोध गरेका छन् । उनिहरुले उपभोक्तालाई सर्वसुलव र गुणस्तरीय खानेपानी उपलब्ध गराउन खानेपानी संस्था जिम्मेवार भएर अघि वढ्नुपर्ने धारणा राखेका हुन् । जनसंख्या वढ्दै जाँदा वन प्रति उपभोक्ताको वढ्दो चाप र उद्योगहरु खुल्ने क्रम वढेपछी पानीको श्रोत सुक्दै जान थालेको प्रति चिन्ता ब्यक्त गरिएको छ । पानीको श्रोत संरक्षणका लागी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
pani
कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख जगतनाथ पूर्वे, चैलाही गाविसका पूर्व अध्यक्ष रेवतीरमण शर्मा, नेपाली काङ्ग्रेसकी गिरीजा न्यौपाने, नेकपा एमालेका कुलबहादुर केसी, एकिकृत नेकपा माओवादीका लेखराज रेग्मी, राप्रपा नेपालका विनोद कुमार केसी, राष्ट्रिय जनमोर्चाका पदमप्रसाद गोराथोकी, नेकपा माओवादीका ओमप्रकास सुवेदी(सागर), लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देविबहादुर डिसी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, मैनतारा खानेपानी संस्थाका अध्यक्ष टिकाराम खड्का, नारायणपुर खानेपानी संस्थाका अध्यक्ष कुलराज रजौरे, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका संस्थापक अध्यक्ष विम बहादुर केसी, सिचुवान चन्द्रा एण्ड वसन्त नागार्जुन जेभीका प्रमुख गणेश चन्द, उपभोक्ता नुमाकान्त दाहाल, पत्रकार चुमा आचार्य लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सभामा संस्थाका सचिव तिलक न्यौपानेले प्रगती र कोषाध्यक्ष सुमन पौडेलले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष दिलीपराज खनालको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिलक न्यौपानेले गर्नु भएको थियो । नयाँ कार्यसमित चयनकालागी मंगलवार विहान ११ बजे सत्यसाई चलचित्र मन्दिरमा वन्द सत्रको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य