2026-10-18 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सामुदायिक वनबाट फाइदै–फाइदा

मङ्सिर २०, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नो आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि त्यही वनबाट घाँस, दाउरा र स्याउला सोत्तर भने ओसारिरहनुभएकै थियो । 

जब सरकारले ०५२ सालताका घरमाथिको ठूलो कालेगैरी सामुदायिक वन समुदायलाई हस्तान्तरण गर्यो, त्यही बेलादेखि गाउँका सबैले मिलेर त्यसको संरक्षण र उपभोग गर्ने अधिकार पनि समुदायलाई मिल्यो । वन क्षेत्रको संरक्षणमा समुदायका सबै जाति, सबै वर्ग र क्षेत्रको संलग्नता हुँदा उपभोगमा समेत समानाधिकार बढ्यो । 

वनको आम्दानीले सबै उपभोक्ताको हितमा काम गर्दै आएको समूहले अहिलेसम्म आइपुग्दा धेरै फड्को मारेको छ । वन समूहमार्फत उपभोक्ताका दैनिकीमा समेत परिवर्तन भएका छन् । वन क्षेत्रमा गरिएको अलैँची, अम्रिसोको खेती, विभिन्न शीर्षकमा सङ्कलन हुने रकम र कतिपय संस्थाले दिने अनुदानसमेत गरी समूहले लाखौँ रुपैयाँको कोष खडा गरेको छ । सरकारले समुदायलाई जिम्मा लगाएपछि उनीहरुले वनको संरक्षण मात्र गरेका छैनन्, प्रत्यक्ष–अप्रत्यक्ष रुपमा फाइदासमेत लिइरहेका छन् । 

तीन वर्षअघि बिमलीको दुहुना गाई मर्दा वन समूहको कोषबाट पाएको २० हजार रुपैयाँको अनुदान सहयोगले पुनः अर्को गाई खरीद गर्नुभयो । कालिपाकै पदम गुरुङले छोरो ढगराज सिकिस्त पर्दा समूहले दिएको १५ हजार रुपैयाँले उपचारमा लैजान सहयोग पुग्यो । त्यही वन समूहमार्फत अनुदानमा टुकी बत्ती पाएपछि समूहकी उपभोक्ता एकल महिला कुमारी गहतराजको छोराले राम्ररी पढ्न पाएको छ । वन समूहमार्फत नै पाएको रकममा पाँच हजार थपेर २० हजारमा गाई किन्नुभएकी फूलमाया बोगटीको परिवारले पनि अहिले दूध, दहीबिनाको भान्सा बस्नु परेको छैन । 

सामुदायिक वनको संरक्षण गर्दै समुदायको पर्यावरणमा समेत असर नपुग्ने गरी यहाँका वन उपभोक्ताले लिएको लाभका उदाहरण यी नै हुन् । आठराई गाउँपालिका–४, इवामा करीब २६ हेक्टर क्षेत्रफलमा फैलिएको वनको उपभोक्ता समूहमा रहेका गरी डेढ सयभन्दा बढी परिवारले सामुदायिक वनबाट लाभ लिइरहेका छन् । 

“पहिले–पहिले वनबाट लिइने फाइदाबारे पत्तै थिएन”, बिमली भन्नुहुन्छ, “अहिले उपभोक्ता समूहमा छलफल र सरसल्लाह गर्न थालेपछि सबै कुरा थाहा हुन थाल्यो, वनको संरक्षण ग¥यो भने सबैलाई फाइदै हुँदोरहेछ ।” सीमित स्वार्थ र व्यक्तिगत फाइदाका लागि वन विनाश गर्नेलाई आफूहरुले सामूहिक रुपमा लिइरहेको लाभले पाठ सिकाउने बिमली बताउनुहुन्छ । 

श्रीमान् बितेपछि सानो छोराको साथमा जीवन गुजारा गरिरहेकी एक्ली कुमारी भन्नुहुन्छ, “अन्धकारमा जीवन गुजार्नु परेको थियो, छोराले पनि पढ्न पाएको थिएन ।” तर समूहमार्फत सोलार बत्ती पाएपछि नानीले पढ्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । 

समूहका उपभोक्ताले वन क्षेत्रमा लगाएको अलैँची र अम्रिसो खेतीबाट समूहको कोषसमेत बर्षेनी बढिरहेको छ । आफ्नै जग्गा नभएकाले पनि सामुदायिक वनको जमीनमा अलैँची खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । यसरी गरिएको खेतीबाट उपभोक्ताले आम्दानीको ३० प्रतिशत समूहमा जम्मा गरेर बाँकी आफैँले उपभोग गर्छन् । 

समूहको कोषबाट उपभोक्तामध्ये कसैको भौतिक सम्पत्ति क्षति हुँदा, प्राकृतिक प्रकोप, रोग बिराम हुँदा तथा विभिन्न आर्थिक सङ्कट आइलाग्दा पाँच हजारदेखि २० हजार रुपैयाँसम्म सहयोग गर्ने गरिएको अध्यक्ष डम्बरबहादुर इङनामले बताउनुभयो । समूहको कोषबाटै गाउँ नजीकको केलिङ निमावि र त्रिमोहन उच्च माविमा शैक्षिक उन्नयनका लागि छात्रवृत्ति अक्षयकोष स्थापना तथा विभिन्न समयमा आर्थिक सहयोग प्रदान गर्ने गरिएको छ । 

समूहको प्रगतिले जिल्लाभरिका अरू सामुदायिक वनलाई समेत सिकाएको छ । जिल्लाभरका ३३० सामुदायिक वनमध्ये कालेगैरी सामुदायिक वन नमूना वन समूहका रुपमा स्थापित भएको सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष गणेश सेनेहाङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु