Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्थानीयले विद्युत्का दुई जना कर्मचारीलाई कुटे

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर २०, लहान (रासस) </b>| हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छड्केमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् ।&nbsp;<br></p><p>विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन् ।&nbsp;</p><p>फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिनुभयो । स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन् । घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ । सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिनुभयो । कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।&nbsp;</p>