२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

‘बाध्यताले छाउगोठमा बस्छौ’- मुगुका महिला

२० मंसिर २०७५, बिहीबार १२:२५

नन्द बहादुर रोकाया | मङ्सिर २०, मुगु | मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ३ की सर्मिला शाही अहिले उमेरले १९ बर्षकि हुनुभयो । उनि १३ बर्षको उमेरमा छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उहाँलाई मर्नु र बाच्नुको बिकल्प भएको थियो । कारण एउटै थियो छुई भएमा अध्यारो गोठमा बसाल्छन, खाना राम्रो र समयमै दिदैनन् । 


सर्मिलाले आफु छुई भएको कुरा शुरुमा आमालार्ई सुनाईन् । आमाले केहि राम्रो गर्छन् कि भनेर झनै आमाले छुई भएको कुरा सुनाउन नपाउदै देविदेवता रिसाउने जस्ता डर देखाएको सर्मिलाले बताईन । उनि भन्छिन – आमाले उल्टै सात दिनसम्म गोठबाट आउन दिइनन्, छुई हुनु एउटा प्राकृतिक प्रकृया अथवा नियम हो मलार्ई थाहा छ । छुई भएमा सरसफाई गर्नुपर्छ, पोषिला खाने कुरा खानु पर्छ, तर हाम्रो समाज पुरातानवादी सोचमा सृजित भएकाले महिलाले दुख पाईरहेका शाहीको ठम्याई छ । 

उनको अनुसार समाजले छुई हुनुलाई अपराध सरह लिने गरेको छ । त्यसैले महिला छुई भएका बेला बाध्य भएर गोठमा बस्ने अलग बस्ने गरेका छन् । 


यता सोरुगाउँपालीका वडा नं ८ कच्चे गाउँकी गोरी रावल यहिले २१ बर्षकि भईन  । उनि भन्छिन् 'छुई भएका बेला महिलालाई गरिने ब्यवहार परिर्वतन नभएसम्म  छाउगोठ मुक्त वडा घोषण गरेको औचित्य छैन ।' सौरुगाउँपालीका वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरिएको छ । यो सकरात्मक पक्ष हो । तर हामी र हाम्रो यस्तो छैनन् । आज वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरेका भएपनि भोलीका दिनमा यस कार्यक्रमले निरन्तराता नपाउने देखिन्छ । मुगु जिल्लाको सन्दर्भमा धेरै वडा छाउँगोठ मुक्त वडा घोषणा भएका छन । तर ति वडाको अबस्था पुरानै छ । केहिले परिवर्तन गेरेका भएपनी धामिझाक्री भएका घरमा त महिलालाई गोठमा बसाल्ने गरेका पाईन्छन् । 


मुगु जिल्लामा युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सनवर्क नेपालको साझेदारीमा जिल्लाका स्थानीय निकायको अगुवाइमा धमाधम छाउगोठ मुक्त अभियान चलिरहेको छ ।  गएको आईतबार सोरु गाउँपालिकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ८ नम्बर वडा लाई छाउँगोठ मुक्त घोषणा गरियो । मुगुमा छाउपडी न्युनिकरणमा बिगत लामो समय देखि काम गर्दै आएको एक्सनवर्क नेपाल मुगु र सोरुगाउँपालीकामो अगुवाईमा छाउगोठ मुक्त वडा घोषणा गरिएको सोरु गाउँपालीकाले जनाएको छ  । यस अघि एक्सनवर्क नेपालकै साझेदारीमा स्थानीय सरकारको सक्रियतामा छायाँनाथ रारा नगरपालिकाको ८,९,१०, त्यस्तै खत्याड गाउँपालीका १ देखि ७ सम्मका वडा लाई छाउँगोठ मुक्त घोषण गरिएको एक्सनवर्क नेपाल मुगुका संयोजक धिरिन्द्र बहादुर शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य