२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

‘बाध्यताले छाउगोठमा बस्छौ’- मुगुका महिला

२०७५, २० मंसिर बिहीबार १२:२५

नन्द बहादुर रोकाया | मङ्सिर २०, मुगु | मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ३ की सर्मिला शाही अहिले उमेरले १९ बर्षकि हुनुभयो । उनि १३ बर्षको उमेरमा छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उहाँलाई मर्नु र बाच्नुको बिकल्प भएको थियो । कारण एउटै थियो छुई भएमा अध्यारो गोठमा बसाल्छन, खाना राम्रो र समयमै दिदैनन् । 


सर्मिलाले आफु छुई भएको कुरा शुरुमा आमालार्ई सुनाईन् । आमाले केहि राम्रो गर्छन् कि भनेर झनै आमाले छुई भएको कुरा सुनाउन नपाउदै देविदेवता रिसाउने जस्ता डर देखाएको सर्मिलाले बताईन । उनि भन्छिन – आमाले उल्टै सात दिनसम्म गोठबाट आउन दिइनन्, छुई हुनु एउटा प्राकृतिक प्रकृया अथवा नियम हो मलार्ई थाहा छ । छुई भएमा सरसफाई गर्नुपर्छ, पोषिला खाने कुरा खानु पर्छ, तर हाम्रो समाज पुरातानवादी सोचमा सृजित भएकाले महिलाले दुख पाईरहेका शाहीको ठम्याई छ । 

उनको अनुसार समाजले छुई हुनुलाई अपराध सरह लिने गरेको छ । त्यसैले महिला छुई भएका बेला बाध्य भएर गोठमा बस्ने अलग बस्ने गरेका छन् । 


यता सोरुगाउँपालीका वडा नं ८ कच्चे गाउँकी गोरी रावल यहिले २१ बर्षकि भईन  । उनि भन्छिन् 'छुई भएका बेला महिलालाई गरिने ब्यवहार परिर्वतन नभएसम्म  छाउगोठ मुक्त वडा घोषण गरेको औचित्य छैन ।' सौरुगाउँपालीका वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरिएको छ । यो सकरात्मक पक्ष हो । तर हामी र हाम्रो यस्तो छैनन् । आज वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरेका भएपनि भोलीका दिनमा यस कार्यक्रमले निरन्तराता नपाउने देखिन्छ । मुगु जिल्लाको सन्दर्भमा धेरै वडा छाउँगोठ मुक्त वडा घोषणा भएका छन । तर ति वडाको अबस्था पुरानै छ । केहिले परिवर्तन गेरेका भएपनी धामिझाक्री भएका घरमा त महिलालाई गोठमा बसाल्ने गरेका पाईन्छन् । 


मुगु जिल्लामा युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सनवर्क नेपालको साझेदारीमा जिल्लाका स्थानीय निकायको अगुवाइमा धमाधम छाउगोठ मुक्त अभियान चलिरहेको छ ।  गएको आईतबार सोरु गाउँपालिकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ८ नम्बर वडा लाई छाउँगोठ मुक्त घोषणा गरियो । मुगुमा छाउपडी न्युनिकरणमा बिगत लामो समय देखि काम गर्दै आएको एक्सनवर्क नेपाल मुगु र सोरुगाउँपालीकामो अगुवाईमा छाउगोठ मुक्त वडा घोषणा गरिएको सोरु गाउँपालीकाले जनाएको छ  । यस अघि एक्सनवर्क नेपालकै साझेदारीमा स्थानीय सरकारको सक्रियतामा छायाँनाथ रारा नगरपालिकाको ८,९,१०, त्यस्तै खत्याड गाउँपालीका १ देखि ७ सम्मका वडा लाई छाउँगोठ मुक्त घोषण गरिएको एक्सनवर्क नेपाल मुगुका संयोजक धिरिन्द्र बहादुर शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते