प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

उनले आफ्नै सन्तान सरह चपक्क काखमा लिए । अनि न्यानो मायालु स्पर्श दिए । लिनु र दिनुमा धेरै अन्तर हुन्छ । तथापि ती बालकले स्पर्शलाई मात्र अनुभव गरे तर दृश्यावलोकन भने गर्न सकेनन् । प्रया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

उनले आफ्नै सन्तान सरह चपक्क काखमा लिए । अनि न्यानो मायालु स्पर्श दिए । लिनु र दिनुमा धेरै अन्तर हुन्छ । तथापि ती बालकले स्पर्शलाई मात्र अनुभव गरे तर दृश्यावलोकन भने गर्न सकेनन् । प्रया"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दीपकको ‘शिवलाई प्रकाश’ अभियान’ सबैलाई सहयोगको आग्रह !

२० मंसिर २०७५, बिहीबार १३:०७

प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

उनले आफ्नै सन्तान सरह चपक्क काखमा लिए । अनि न्यानो मायालु स्पर्श दिए । लिनु र दिनुमा धेरै अन्तर हुन्छ । तथापि ती बालकले स्पर्शलाई मात्र अनुभव गरे तर दृश्यावलोकन भने गर्न सकेनन् । प्रयास गरे, आँखाहरु तन्काएर, तर फगत उनको तन्काईले आँखाको सेतो भाग मात्रै देखियो उनको आँखाको रेटिनामा सान्सारिक दृश्यको भौतिक चित्र बन्नै सकेन । 


यस्तै समस्या परेको छ गुलरिया नगरपालिका वडा नं. ४ का ५ वर्षिय बालक शिव कुमार लोधलाई  । 

मानव शरीरको सबैभन्दा कोमल अनि यो संसारलाई भौतिक रुपमा दर्शन गराउनका लागि महत्वपूर्ण अङ्ग हो ‘आँखा’ । यहि आँखामा दृष्टि नहुँदा कस्तो हुन्छ भन्ने कुरा हामी आँफैले केही सेकेण्ड मात्रै बन्द गरेर महशुस गर्यौ भने नै थाहा हुन्छ । 

एक गरिब परिवार ६ सन्तानकी आमा रामा लोध, श्रीमानको केही वर्ष अघि दुर्घटनामा मृत्यू पाँच छोरा र एक छोरी सन्तान भएकी जसमध्ये पछिल्ला दुई जुम्ल्याहा सन्तान मध्ये एक छोराको जन्मजात माोतिविन्दु भएको अवस्था अझ त्यसैमाथि पनि आफ्नै दाहिने आँखामा चोटका कारण दृष्टि गुम्यो । वास्तवमा हुने हार दैव नटार भनेजस्तै भयो यो परिवारमा । हााल उनको दिनचर्या भनेको ज्यालामजुरी नै रहेको छ । एक छोरीको विवाह भैसकेको र एक छोरा बाहिर रहेकाले तीन छोराको लालन पालनका लागि अहोरात्र मिहिनेत गरिरहेकी छिन् रामा ।  

छोरालाई आँखाको उपचारका लागि हार गुहार गर्दै विभिन्न निकायमा सहयोग माग्दै हिड्दा भेटिए एक व्यक्ति जसले उनको ५ वर्षिय छोरा शिव कुमारलाई उपचारका लागि यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपालगञ्ज फत्तेवाल आँखा अस्पतालमा समन्वय गरे तर आँखाको लेन्स फेर्नुपर्ने र यसका लागि ३२ हजार रकम लाग्ने जानकारी पाएपछि उनले अन्य केही कुरा बुझ्ने क्रममा कैलालीको गेटा आँखा अस्पतालसँग समन्वय गरे । त्यस अस्पतालबाट भने सकारात्मक सुझाव आएका कारण उनी त्यहीँ नै उपचारका लागि लैजाने निर्णयमा पुगे । 

निर्णय त गरे तर अब पैसा कहाँबाट जुटाउने, यसका लागि उनीसँग एउटै उपाय थियो सामाजिक सञ्जालको प्रयोग । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सबैसँग बालकको आँखामा प्रकाश दिनका लागि आर्थिक सहयोगको लागि एउटा पोस्ट लेखे यसरी ।


यो पोस्टपछि सहयोगी हातहरु जुटिरहेका छन् । शिव कुमारको  उपचारका लागि रकम जुटिरहेको छ । शुक्रबार उनको आँखाको प्रारम्भिक परीक्षण गेटा अस्पतालमा गरिने भएको छ । हालसम्म १७ जना सहयोगी मनहरुबाट सहयोग प्राप्त भएपनि अझै रकमको अभाव भएकाले सबैमा यथासक्य सहयोगका लागि अनुरोध गरिएको छ । 

यो अभियानका अभियान्ता हुन् ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा गुलरिया बर्दियाका प्रमुख कान स्वास्थ्य अधिकृत दीपक वि.सी. । उनी सामाजिक सेवा भनेपछि हुरुक्कै हुन्छन् । कान स्वास्थ्यका क्षेत्रमा बर्दियामा लामो अनुभव सँगालेका दीपकले जिल्ला तथा जिल्ला बाहिर सय भन्दा बढी कान शिविरहरु सफलतापूर्वक सञ्चालन गरिसकेका छन् भने उनकै सक्रियतामा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र गुलरियाले अनौपचारिक रुपमा सेवा प्रदान गर्दै आएपनि मंसिर १२ गतेदेखि औपचारिक उद्घाटन भई आधुनिक प्रविधिबाट कान स्वास्थ्य सम्बन्धि गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । जहाँ बर्दिया आसपासका जिल्लाहरुका साथै भारतका सीमावर्ती क्षेत्रहरुबाट समेत कानका विरामीहरु उपचारका लागि आउने गरेका छन् । 


शिव कुमारलाई दुबै आँखामा प्रकाश भरेर उज्यालो देखाउने सपनाका साथ लागेका दिपक वि.सी. ले उनको नामबाट कुमार हटाएर प्रकाश थप्दै शिव प्रकाश राखेका छन् । 

उनको यो महान् अभियानमा तपाईं पनि सहभागी हुन सक्नुहुनेछ । यसका लागि दिपक वि.सी. को सम्पर्क नम्बर ९८५८०२५३६४ मा फोन गरेर आफ्नै हातले सहयोग गर्न सक्नुहुने छ । संकलित रकमको विवरण र खर्च विवरण पारदर्शी रुपमा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । एक बालकलाई दृष्टि दिएर पुण्य कमाने महान् पवित्र कार्यमा सहभागी भैदिनुहुन सबैलाई साझा सबाल बर्दिया आह्वान गर्दछ ।

 

साझा सबाल बर्दियाको तर्फबाट यो अभियानका लागि सबैमा आह्वान गर्दछौँ र साथै अभियान्ता दिपक वि.सी. लाई धन्यवादका साथै बालक शिव प्रकाशले यो पृथ्वीलोकमा पर्ने सूर्यको प्रकाश प्राप्त गरुन् भन्ने शुभकामना ।

परोपकार पुण्याय पापाय परपीडनम् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान