प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

उनले आफ्नै सन्तान सरह चपक्क काखमा लिए । अनि न्यानो मायालु स्पर्श दिए । लिनु र दिनुमा धेरै अन्तर हुन्छ । तथापि ती बालकले स्पर्शलाई मात्र अनुभव गरे तर दृश्यावलोकन भने गर्न सकेनन् । प्रया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

उनले आफ्नै सन्तान सरह चपक्क काखमा लिए । अनि न्यानो मायालु स्पर्श दिए । लिनु र दिनुमा धेरै अन्तर हुन्छ । तथापि ती बालकले स्पर्शलाई मात्र अनुभव गरे तर दृश्यावलोकन भने गर्न सकेनन् । प्रया"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दीपकको ‘शिवलाई प्रकाश’ अभियान’ सबैलाई सहयोगको आग्रह !

२०७५, २० मंसिर बिहीबार १३:०७

प्रभात सुवेदी । मंसिर २०, बर्दिया ।

उनले आफ्नै सन्तान सरह चपक्क काखमा लिए । अनि न्यानो मायालु स्पर्श दिए । लिनु र दिनुमा धेरै अन्तर हुन्छ । तथापि ती बालकले स्पर्शलाई मात्र अनुभव गरे तर दृश्यावलोकन भने गर्न सकेनन् । प्रयास गरे, आँखाहरु तन्काएर, तर फगत उनको तन्काईले आँखाको सेतो भाग मात्रै देखियो उनको आँखाको रेटिनामा सान्सारिक दृश्यको भौतिक चित्र बन्नै सकेन । 


यस्तै समस्या परेको छ गुलरिया नगरपालिका वडा नं. ४ का ५ वर्षिय बालक शिव कुमार लोधलाई  । 

मानव शरीरको सबैभन्दा कोमल अनि यो संसारलाई भौतिक रुपमा दर्शन गराउनका लागि महत्वपूर्ण अङ्ग हो ‘आँखा’ । यहि आँखामा दृष्टि नहुँदा कस्तो हुन्छ भन्ने कुरा हामी आँफैले केही सेकेण्ड मात्रै बन्द गरेर महशुस गर्यौ भने नै थाहा हुन्छ । 

एक गरिब परिवार ६ सन्तानकी आमा रामा लोध, श्रीमानको केही वर्ष अघि दुर्घटनामा मृत्यू पाँच छोरा र एक छोरी सन्तान भएकी जसमध्ये पछिल्ला दुई जुम्ल्याहा सन्तान मध्ये एक छोराको जन्मजात माोतिविन्दु भएको अवस्था अझ त्यसैमाथि पनि आफ्नै दाहिने आँखामा चोटका कारण दृष्टि गुम्यो । वास्तवमा हुने हार दैव नटार भनेजस्तै भयो यो परिवारमा । हााल उनको दिनचर्या भनेको ज्यालामजुरी नै रहेको छ । एक छोरीको विवाह भैसकेको र एक छोरा बाहिर रहेकाले तीन छोराको लालन पालनका लागि अहोरात्र मिहिनेत गरिरहेकी छिन् रामा ।  

छोरालाई आँखाको उपचारका लागि हार गुहार गर्दै विभिन्न निकायमा सहयोग माग्दै हिड्दा भेटिए एक व्यक्ति जसले उनको ५ वर्षिय छोरा शिव कुमारलाई उपचारका लागि यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपालगञ्ज फत्तेवाल आँखा अस्पतालमा समन्वय गरे तर आँखाको लेन्स फेर्नुपर्ने र यसका लागि ३२ हजार रकम लाग्ने जानकारी पाएपछि उनले अन्य केही कुरा बुझ्ने क्रममा कैलालीको गेटा आँखा अस्पतालसँग समन्वय गरे । त्यस अस्पतालबाट भने सकारात्मक सुझाव आएका कारण उनी त्यहीँ नै उपचारका लागि लैजाने निर्णयमा पुगे । 

निर्णय त गरे तर अब पैसा कहाँबाट जुटाउने, यसका लागि उनीसँग एउटै उपाय थियो सामाजिक सञ्जालको प्रयोग । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सबैसँग बालकको आँखामा प्रकाश दिनका लागि आर्थिक सहयोगको लागि एउटा पोस्ट लेखे यसरी ।


यो पोस्टपछि सहयोगी हातहरु जुटिरहेका छन् । शिव कुमारको  उपचारका लागि रकम जुटिरहेको छ । शुक्रबार उनको आँखाको प्रारम्भिक परीक्षण गेटा अस्पतालमा गरिने भएको छ । हालसम्म १७ जना सहयोगी मनहरुबाट सहयोग प्राप्त भएपनि अझै रकमको अभाव भएकाले सबैमा यथासक्य सहयोगका लागि अनुरोध गरिएको छ । 

यो अभियानका अभियान्ता हुन् ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा गुलरिया बर्दियाका प्रमुख कान स्वास्थ्य अधिकृत दीपक वि.सी. । उनी सामाजिक सेवा भनेपछि हुरुक्कै हुन्छन् । कान स्वास्थ्यका क्षेत्रमा बर्दियामा लामो अनुभव सँगालेका दीपकले जिल्ला तथा जिल्ला बाहिर सय भन्दा बढी कान शिविरहरु सफलतापूर्वक सञ्चालन गरिसकेका छन् भने उनकै सक्रियतामा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र गुलरियाले अनौपचारिक रुपमा सेवा प्रदान गर्दै आएपनि मंसिर १२ गतेदेखि औपचारिक उद्घाटन भई आधुनिक प्रविधिबाट कान स्वास्थ्य सम्बन्धि गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । जहाँ बर्दिया आसपासका जिल्लाहरुका साथै भारतका सीमावर्ती क्षेत्रहरुबाट समेत कानका विरामीहरु उपचारका लागि आउने गरेका छन् । 


शिव कुमारलाई दुबै आँखामा प्रकाश भरेर उज्यालो देखाउने सपनाका साथ लागेका दिपक वि.सी. ले उनको नामबाट कुमार हटाएर प्रकाश थप्दै शिव प्रकाश राखेका छन् । 

उनको यो महान् अभियानमा तपाईं पनि सहभागी हुन सक्नुहुनेछ । यसका लागि दिपक वि.सी. को सम्पर्क नम्बर ९८५८०२५३६४ मा फोन गरेर आफ्नै हातले सहयोग गर्न सक्नुहुने छ । संकलित रकमको विवरण र खर्च विवरण पारदर्शी रुपमा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । एक बालकलाई दृष्टि दिएर पुण्य कमाने महान् पवित्र कार्यमा सहभागी भैदिनुहुन सबैलाई साझा सबाल बर्दिया आह्वान गर्दछ ।

 

साझा सबाल बर्दियाको तर्फबाट यो अभियानका लागि सबैमा आह्वान गर्दछौँ र साथै अभियान्ता दिपक वि.सी. लाई धन्यवादका साथै बालक शिव प्रकाशले यो पृथ्वीलोकमा पर्ने सूर्यको प्रकाश प्राप्त गरुन् भन्ने शुभकामना ।

परोपकार पुण्याय पापाय परपीडनम् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने