२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका होटलहरुमा बेथिति: वालश्रमदेखि सरसफाईसम्म

२०७५, २० मंसिर बिहीबार १३:२३

माधव बेल्वासे | मङ्सिर २०, कपिलवस्तु | १४ वर्ष नपुगेका वालवालिकाहरुलाई होटलहरुले कामदारको रुपमा वालश्रम गरिरहेको पाइएको छ । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा रहेको अधिंकाश होटलहरुमा वालवालिकाहरुले काम गरेर जिविकोपार्जन गरेको पाइएको हो । 

घर प्युठान वताउने १३ वर्षिय उमेश (नाम परिवर्र्तीत) ले आफुले कमाएको पैसा घर पठाउने गरेको वताए । मासिक रुपमा ३ हजार उनले घर जादा लैजानेको गरेको वताए । उमेश मात्र होइन यस्ता वालवालिकाहरु कृष्णनगर सहित आसपासका होटलहरुमा काम गरिरहेका छन । पढ्ने उमेरमा आर्थिक अभाव तथा परिवार वाट माया नपाउदा उनिहरु होटलमा काम गर्न वाध्य रहेका छन । कतिपय वालवालिकाका आमा वुवा नहुदा होटलमा वसेर आफ्नो जिविको पार्जन गरिरहेको समेत वताए ।होटल व्यावसयी गणेश पोख्रलले आमावुवा नभएका वालवालिकालाई संरक्षण गरेको वताए । पोख्रेलले भने कतिपय वालकहरुले कमाएरै घरको जिविको पार्जन गरिरहेका छन ।  

ईलाका प्रशासन कार्यलय चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले जो कसैले पनि वालश्रम गरे कानुन अनुसारको कारवार्ही गरिने जनाएको छ । शिवराज नगरपालिकाको चन्द्रौटा र कृष्णनगर वजारमा विहिवार अनुगमन गरिएको हो । चन्द्रौटामा रहेको होटलहरुमा मुल्य सुची र सरसफाई नभएको पाइएको छ  ।


 त्यस्तै कृष्णनगरमा रहेका होटलहरुमा भने बालवालिकाहरुलाई वालश्रमीकको रुपमा काम गराईरहेको पाइएको हो । शान्ती पुनस्थापना गृह कृष्णनगरको समन्वयनमा रहेको उक्त अनुगमनले वालवालिकाहरुलाई १५ दिन भित्र अभिभावक सहित होटल व्यावसायी प्रशासन कार्यलयमा आउने प्रतिवद्धता जनाएका छन । होटल व्यावसायीहरु आफैमा सजग भएर वालवालिकालाई श्रमीकरुपमा प्रयोग नर्गन ईलाका प्रशासन चन्द्रौटा साखा अधिृकत अर्यालले आग्रह गर्नुभयो । स्थानिय जनप्रतिनिधि, मानव अधिकारकर्मी, ईन्सेक प्रतिनिधि, शान्ति पुनस्थापना, होटल व्यावसायि, प्रहरी र संचारकर्मी सहितको टोली अनुगमनको लागी गएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा