पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २१, धनुषा | आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको छ । आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

घटनामा परिवारका अन्य सदस्यकोसमेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।