४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस सम्पन्न

४ पुष २०७२, शनिबार ११:२३

सन्तोषकुमार गुप्ता/ पुस ४, दाङ्ग । नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस शनिबार दाङ्गको घोराहीमा सम्पन्न भएको छ । महासंघ दाङ्गका अध्यक्ष सुदिप गौतमको अध्यक्षता एवं संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य अजयदिप शर्मा र दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको विकास नहुँदासम्म कुनै पनि क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । उनीहरुले दाङको पत्रकारीता मर्या्दित रहेको चर्चा गर्दै आफ्नो साँख र जिम्मेवारीलाई नभुल्न समेत आग्रह गरेका छन् ।
dang
महासंघकी उपाध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष टीका बस्नेत, क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष नरेन्द्र केसी, क्रान्तिकारी पत्रकार दाङका संयोजक प्रकाश चौधरी, क्रान्तिकारी पत्रकार संगठन दाङका अध्यक्ष जानकी दहित, संकल्प महिला संस्था दाङकी अध्यक्ष लिला शाह, सञ्चारिका समूह दाङकी अध्यक्ष नारायणी रजौरे लगायतले बोल्नु भएको थियो । स्थापना दिवस तथा साधारणसभाको अवसरमा महासंघले चारजना पत्रकारलाई पुरस्कृत र दुईजना पत्रकारका साथै महासंघमा पुरस्कार अक्षयकोष स्थापना गर्ने सबै संस्थापकहरुलाई सम्मान गरको छ । जसअनुसार अबिराम पत्रकारिता पुरस्कार अग्रज पत्रकार सुशील गौतमलाई, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार दशरथ घिमिरेलाई, महिला सिर्जनशील पत्रकारिता पुरस्कार सपना बोहरालाई, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट दधिराम सुवेदीलाई र विशेष प्रोत्साहन पत्रकारिता पुरस्कारबाट निशानदाजु भट्टराईलाई पुरस्कृत गरेको छ ।

त्यस्तै पत्रकार रामप्रसाद पौडेल र निमबहादुर थापाका साथै नेपाल पत्रकार महासंघ दाङ शाखामा पुरस्कार अक्षयकोष स्थापना गर्ने नारायणप्रसाद शर्मा, टीकाराम रेग्मी, खगराज लोहनी, सुदर्शन रिजाल÷राधा रिजाल, दामोदर सुवेदी, सर्व्िजत ओली, शिवहरि मरहट्ठा, रामप्रसाद जैशी ÷नारदमणि पोख्रेल, उत्तमकुमार श्रेष्ठ, नारायणी रजौरे र मनोज बुढाथोकीलाई सम्मान गरेको छ । महासंघको हलमा भइरहेको स्थापना दिवसको कार्यक्रममा जिल्लाका संघसंस्था र प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ