२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एउटै बाख्राले पायो ६ वटा पाठापाठी

२०७५, २१ मंसिर शुक्रबार ०७:२६

मङ्सिर २१, लमही | दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । 

तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताउनुभयो । 

बाख्रा स्थानीय ‘काठे’ जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार यसअघि बाख्राले दुई वटा पाठा पाएको थियो । एउटा बाख्राले ६ वटा पाठापाठी पाएको घटना दाङमा नयाँ भएको पशुसेवा कार्यालय तुलसीपुरका पशु विकास अधिकृत सुदाम भट्टले जानकारी दिनुभयो । 

यसअघि दाङमा तीनवटासम्म पाठापाठी पाउने गरेको भए पनि ६ वटा पाउनु नौलो घटना भएको उहाँले बताउनुभयो । एउटा बाख्राले बढीमा तीनवटासम्म हुर्काउनसक्ने भन्दै जीवित रहेका पाँचवटा पाठापाठीलाई हुर्काउन बाहिरी आहारामा ध्यान दिनुपर्ने पशु विकास अधिकृत भट्टको भनाइ छ । 

बाख्राको एउटा बच्चालाई आफ्नो शरीरको तौलको १० भागमध्ये एकभाग दूध चाहिने उहाँले बताउनुभयो । तर त्यति दूध एउटै बाख्राले उत्पादन गर्न नसक्ने पशु विकास अधिकृत भट्टको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय