२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

महानगरको फोहरले सिर्सिया खोलाको मुहान थुनिँदै

२०७५, २१ मंसिर शुक्रबार ०८:४८

मङ्सिर २१, पर्सा | वीरगञ्ज महानगरपालिकाले गरेको अव्यवस्थित फोहर व्यवस्थापनको कारण सिर्सिया खोलाको मुहाननै थुनिने खतरा उत्पन्न भएको छ । नगरक्षेत्रबाट सङ्कलन गरिएका फोहरलाई खोलाको तीरमा व्यवस्थापन गर्दै आएका कारण वीरगञ्जको इनर्वास्थित शङ्कराचार्यद्वार नजिकै रहेको सिर्सिया खोलाको मुहान सागुरिँदै गएको छ । 

अव्यवस्थित फोहर व्यवस्थापनका कारण ८ मिटर चौडाइमा बग्ने खोलाको मुहान हाल तीन मिटर भन्दा कम भएको छ । चारलाख भन्दा बढी जनसङ्ख्या रहेको महानगरपालिकाबाट दैनिक १२० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । नगरक्षेत्रबाट सङ्कलन भएका फोहरलाई महानगरपालिकाका कर्मचारीले वीरगञ्जको इनर्वा, श्रीपुर, सिर्सिया, राधेमाई, नगवालगायतका स्थानमा अव्यवस्थित रुपमै व्यवस्थापन गर्दै आएका छन् । 

अव्यवस्थित फोहरका कारण नगरबासीले ठूलो समस्या खेप्नु परेको छ । जथाभावी फोहर थुपारिएका कारण नगरक्षेत्र दुर्गन्धित हुनुका साथै सिर्सिया खोला समेत प्रदूषित हँुदै गएको छ । अव्यवस्थित रुपमा भएको फोहर व्यवस्थापन र त्यसबाट उत्पन्न भएको समस्याबारे महानगरपालिकाका उपसचिव शिवप्रसाद लम्सालसँग बुभ्mदा उहाँले फोहर व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्नुभयो । 

उहाँले वीरगञ्जको नगवामा फोहर व्यवस्थापन केन्द्र निर्माणकार्य अन्तिमचरणमा पुगेकोे र सो परियोजना पूरा भएपछि एक डेढमहीनाभित्र हाल देखिएका समस्या समाधान हुने दाबी गर्नुभयो । 

नगर क्षेत्रबाट उत्सर्जन भएको फोहरलाई व्यवस्थापन गर्न निजी क्षेत्रलाई पिपिपी मोडेलमा ठेक्का दिने प्रक्रिया पूरा भएको र आउँदो १५ दिनभित्र निजी क्षेत्रसँग सम्झौताको काम पूरा भई व्यवस्थित फोहर सङ्कलन तथा विसर्जन हुने उपसचिव लम्सालले जानकारी दिनुभयो । 

सङकलन गरिएका फोहर सिर्सिया खोलामा विसर्जन गरी खोलालाई प्रदूषित बनाएको आरोप लगाउँदै अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले पर्सा जिल्ला अदालतमा महानगरसहित नौ उद्योगमाथि मुद्दा नै दर्ता गराएका छन् । 

महानगर विरुद्ध आदालतमा मुद्दा दर्ता भएपछि पनि खोलाको तिरमै फोहर व्यवस्थापन गराइरहेकोे घटनाले प्राकृतिक स्रोतसाधन संरक्षणप्रति महानगरका कर्मचारी गम्भीर नभएको नगरवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते