२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा नागरिक समाजका अगुवाहरुलाई अभिमुखिकरण

२०७५, २२ मंसिर शनिबार ११:००

मंसिर २२, कालिकोट । बालअधिकार संरक्षण र उलंघनका घटनाहरुको अनुगमन सम्वन्धि नागरिक समाजका पदाधिकारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटको सहयोग, जिल्ला नागरिक समाज कालिकोटको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कालिकोटमा नागरिक समाज सशक्त भएकोमा खुसी व्यक्त गरे । उनले बाल अधिकारीको संरक्षण गर्न नागरिक समाजको आवश्यक भएकाले बालबालिकाका क्षेत्रमा नीति निर्माण गरेर भएपनि बालबालिकालाई अगाडी ल्याउनुपर्नेमा जोड दिए । प्रहरी नायव उपरीक्षक विनोद शर्माले नेपालमा गठन गरिएका नागरिक समाज कुनै न कुनै पार्टीका आस्थावान रहेकाले नागरिक समाज स्वतन्त्र हुनपर्नेमा जोड दिए । ‘विदेशी मुलुकमा नागरिक समाजले गरेका नराम्रो कामको प्रचार भएमा सरकारनै फेरबदल हुन्छ’ उनले भने, ‘तर नेपालमा नागरिक समाज पाटी आस्थावान हुनाले नागरिक समाजले काम गर्न नसकेको हो ।’

कार्यक्रममा बोल्दै हिरामणी सिम्खडाले जिल्लामा गठन भएको नागरिक समाजले स्थानीय तहमा पनि नागरिक समाज गठन गरेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय तहले गरेका राम्रो कामको प्रशंसा र नराम्रो काममा खवरदारी गर्नेकाम नागरिक समाजको भएकाले २ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए । सेभ द चिल्ड्रेनका बाल अधिकृत बाले विश्वकर्माले विश्वको इतिहासको परिवर्तन नागरिक समाजले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने