2026-09-13 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोलबजार व्यापार संघमा अग्रवालको अग्रता कायमै

राम नारायण पंडित | मंसिर २२, सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल प्यानल अग्रता कायमै राखेका छन् । ७ सय ७९ मतगणना हुँदा अग्रवालले ५ सय ६ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्धन्दी जिबछ साहले २ सय ७३ मत प्राप्त गरेका छन् । अग्रवाल २ सय ३३ मतले अगाडी रहेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । 

मतपरिणाम अनुसार अग्रवाल प्यानलबाट प्रथम उपाध्यक्ष महेश साह सुडीले ४ सय  द्धितीय उपाध्यक्ष आनन्द कुमार यादबले ३ सय ९३, महासचिब सोहेब अनबरले ४ सय ११, कोषाध्यक्ष बिजय कुमार साहले ४ सय ७२ र सचिब अरुण सिंहले ४ सय २८ मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यहरुमा समृका कुमारि महतोले ३ सय ८४, विनोद कुमार साहले ४ सय २५, कविलदेव साहले ४ सय १८, दीपेन्द्र कुमार राउतले ४ सय ३६, रामश्रृंगार साह तेलीले ४ सय २६, हिरा यादवले ३ सय १, अनिल कुमार लामाले ४ सय १४, दीनेश कुमार यादवले ४ सय २२ र बैजनाथ शर्माले ४ सय २३ मत प्राप्त गरेका छन् । 

यता, साह प्यानलबाट प्रथम उपाध्यक्षमा अशोक साहले ३ सय ६७, द्धितीय उपाध्यक्षमा रमेश कुमार श्रेष्ठले ३ सय ८१, महासचिबमा राकेश प्रसाद साहले ३ सय ९७, कोषाध्यक्षमा बिजय कुमार साहले २ सय ९९ र सचिबमा सुशिल कुमार महतोले ३ सय १८ मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी, सदस्यहरुमा रेखाकुमारी तमांगले २ सय ७२ मदन कुमार साहले ३ सय २८, सतिश चन्द्र सिंहले ३ सय ४०, रामकुमार साहले ३ सय २०, राकेश कुमार यादवले ३ सय ३४, वीरेन्द्र महतोले ३ सय ७२, प्रमोद कुमार साहले ३ सय ३५, समिम मियाँले ३ सय १२ र उमेश कुमार सिंहले ३ सय १५ मत प्राप्त गरेका छन् ।  

शुक्रबार भएको मतदानमा संघमा आवद्ध रहेका १७ सय ७३ मतदाता मध्ये १६ सय ३ मतदाताले मतदान गरेका छन् । संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जना चुनावी मैदानमा रहेका छन् । मतगणना अबेररातीसम्म जारी रहने निर्बाचन अधिकृत सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले