२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

प्रगतिशिल ईन्जिनियरिङ्ग एजेण्डा घोषणा

२०७५, २२ मंसिर शनिबार ११:५०

मंसिर २२,  दैलेख । नेपाल ईन्जिनियर्स एसोसियसन चुनावको सगर्मी बढेको छ । रिपोर्टर्स क्लव दैलेखमा प्रगतिशिल ईन्जिनियरिङ्ग एसोसियसन नेपाल    (पिन) कर्णाली प्रदेशले आफ्नो चुनावी एजेण्डाहरु घोषणा गरेका हुन् ।

पिनका तर्फबाट सभापतिका उम्मेदवार सोनालाल यादवले आफुहरु सवै ईन्जिनियरहरुको हित हुने गरि एजेण्डाहरु लिएर चुनावमा उत्तिएकाले जित सुनुश्चित भएको दावी गरे । आफुहरुले कर्णाली प्रदेशमा नेपाल ईन्जिनियर्स एसोसियसनको च्याप्टर ल्याउन धेरै दुःख गरेकाले सवै ईन्जिनियरहरु आफ्नो पक्षमा भएको यादवले रिपोर्टर्स क्लवमा बताए । आफुहरुले जिते सम्र्पक कार्यालय खेलेर सवै सदस्यहरुको हितमा काम गर्ने उद्घोण गरे । काउन्सिलको लाईसेन लिएर बसेकाहरुलाई कामको सुरुवाती गर्नुपूर्व स्टाफ कलेजको स्थापना गरि उनीहरुलाई चाहिने सम्पूर्ण तालिम तथा जानकारी दिर्ने योजना रहेको एजेण्डा रहेको अध्यक्षका उम्मेदवार यादवले सार्वजनिक गरे । एनईए दर्ता भएका ईन्जिनियरहरुको विमा गर्ने कार्यक्रम ल्याईने कार्यक्रममा जानकारी दिए । कर्णाली प्रदेशमा विमा आवश्यक रहेकाले आफुहरुले त्यस्ता कार्यक्रम विजयीपछि गर्ने बताए । आफुले कर्णालीमा अँझै ६५ वर्ष कर्मथालोका रुपमा बसेर काम गर्ने यादवको भनाई थियो । करोडौं रकम खर्च सदस्यता दिन र  नविकरण गर्न खर्च भएको उनले बताए । अव सदस्यता बन्नका लागि पैसा तिर्न नपर्ने हाम्रो एजेण्डा हुने छ । ‘ईन्जिनियरहरुलाई छात्रवृत्तिका लागि आफुहरु लाग्नेछौं ।’ अध्यक्षका उम्मेदवार यादवले भने, ‘जितेपछि जो बोल्छ त्यो गर्छ । हाम्रो समाजमा प्रभाव पर्नेछ ।’ आफुहरुले सहकारी स्थापना गरेको त्यसबाट ईन्जिनियरहरु नै मिलेर हाईडो बनाउने काम भईरहेको यादवले बताए ।

प्रगतिशिल ईन्जिनियरिङ्ग एसोसियसन नेपालबाटै कर्णाली प्रदेशको सचिव पदका उम्मेदवार ताराकिशोर वाग्लेले ३१ पटकको चुनावमा ३० पटक लोकतान्त्रिक प्यानलले जितेको तर, कुनै पनि कामहरु नदेखीएको बताए । ‘सवैको हकहितका लागि लागेको हो ।’ सचिवका उम्मेदवार वाग्लेले भने, ‘एजेण्डा हामीहरुसंग भएकाले जित्ने आधार त्यही नै हो ।’ त्यस्तै केन्द्रिय सदस्यका उम्मेदवार कृष्ण पाण्डे काम गर्नलाई सुचिकृत  गर्नु नपर्ने आफुहरुकै एजेण्डा भएको दावी गरे । कर्णाली प्रदेशका सदस्य उम्मेदवार कुमार खेमसुन्दर शाही र मेघराज खत्रीले आफ्नो विजयीपछि आफ्नो कार्यकालमा चुनावमा उठाएका एजेण्डा पुरा नभए राजिनामा दिने उद्घोष गरे । निर्वाचन परिचालन समितिका संयोजक महेश ढुंगानाले दैलेखमा आफुहरुको पक्षमा धेरै सदस्यहरु भएको दावी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल