२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

साङ्लोमा बाँधिएका चौधरीको उद्धार

२३ मंसिर २०७५, आईतवार ०६:४१

नानीमैया कटवाल | मङ्सिर २३, सप्तरी | बाह्र वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ । 

राससमा यही मङ्सिर २१ गते ‘साङ्लोमै बित्यो उमाकान्तको जवानी’ शीर्षकको आलेख समाचार प्रकाशित भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० सप्तरीका प्रतिनिधि मनोहर पोखरेलको पहल र मानव सेवा आश्रमको सहयोगमा शनिबार पीडितको उद्धार भएको हो । 

अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ का चौधरीलाई हेटौँडास्थित आश्रम लगी उपचार तथा स्याहार गरिने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताउनुभयो । आश्रमका सदस्य सुनम बड्तौला, अभियन्ता नवराज केसी र साधक सन्त लामाले साङ्लो खोली चौधरीलाई लिएर हेटाँैडा जानुभएको हो । उद्धारका समयमा प्रतिनिधिसभा सदस्य सरीता गिरी, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, गाउँपालिका अध्यक्ष परशुराम चौधरी, वडा नं १ का अध्यक्ष सुशील चौधरी, वडा नं ६ का अध्यक्ष कुसुम आचार्य, इन्सेक प्रदेश संयोजक राजु पासवान, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि पोखरेललगायत पीडितको घर पुग्नुभएको थियो । 

उद्धार गरिएका चौधरीसँग भेट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय तहबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

बड्तौलाका अनुसार चौधरीलाई मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीबाट नियमित उपचार गराउनुपर्ने बताउनुभयो । लामो समयदेखि साङ्गलोमा बाँधिएका कारण मानसिक रोग जटिल भइसकेको भन्दै अञ्चल अस्पतालका प्रमुख मेसु डा दासले उमाकान्तको सबै किसिमको स्वास्थ्य परीक्षण गरी अस्पतालमा भर्ना गर्नुपर्ने बताउनुभयो । 

तीन छोरी र मानसिक रोगी श्रीमान्को जीविकोपार्जनका लागि अर्काको खेतमा दिनरात मजदुरी गर्दै आएकी पीडितकी श्रीमती सुशीलादेवी चौधरीले आर्थिक अभावले पतिको उपचार गर्न नसकिएको स्थितिमा सहयोग मिलेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य