४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

साढे ६ लाखको लगातमा देउखुरीमा कृषि संकलन केन्द्रको स्थापना

७ पुष २०७२, मंगलवार ०२:५१

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दुमदुमा भगवती तरकारी तथा विउ आलु उत्पादक कृषक सहकारी संस्था लमही नगरपालीका वडा नं. ९ खैरीले कृषी उपज संकलन केन्द्र स्थापना गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय दाङ र सहकारी संस्थाको लगानीमा कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको हो । संकलन केन्द्रवाट किसानहरुले उत्पादन गरेका तरकारी तथा विउ संकलन गरी बजारीकरण गर्ने, सहुलीयतको रासायनीक मल, विउ, विजन तथा परामर्श किसानहरुलाई उपलब्ध गराउने उद्देश्य राखीएको छ ।

जिल्ला कृषिक विकास कार्यालय दाङको ५ लाख ५६ हजार ९ सय २२ रुपैयाँ र सहकारी संस्थाको ९४ हजार रुपैयाँ गरी कुल ६ लाख ५० हजार १ सय २२ रुपैयाँको लगानीमा कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको हो सोमवार सहकारी संस्थाको ९ औं साधारण सभामा कृषि उपज केन्द्रको उद्घाटन गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष वसन्ता खनालको अध्यक्षता एवम् कृषि सेवा केन्द्र लमहीका प्रमुख महेश अधिकारीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले किसानहरुको जिवनस्तर माथी उकास्न ब्यावसायीक रुपमा विउ आलु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा सहकारी संस्थाको संस्थागत विकासमा सहयोग गरेको भन्दै कृषि सेवा केन्द्र लमहीका प्रमुख महेश अधिकारी, उत्कृष्ठ समुहको रुपमा दुमदुमा कृषक समुह, सहकारी संस्थाका ब्यवस्थापक होमनारायण चौधरी र संस्थाका उपाध्यक्ष शिवलाल पन्थिलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सो अवसरमा सहकारी संस्थाका सचिव डोर बहादुर चौधरीले वार्षिक प्रगती प्रतिवेदन र ब्यवस्थापक होमनारायण चौधरीले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा दुमदुमा प्राथमिक विद्यालयकी शिक्षीका राधा चौधरी, गाउँ सुधार समितिका अध्यक्ष जगत प्रसाद चौधरी, कृषक वुद्धिजिवी खुसलराम गौतम, पत्रकार दशरथ घिमिरे, कृषि सेवा केन्द्रका प्राविधिक प्रविण चौधरी लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सहकारी संस्थाका सदस्य दामोदर खनालको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष शिवलाल पन्थिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ