युनियन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युनियन"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रेस युनियन पश्चिम नवलपरासीमा सुवेदी

२०७५, २३ मंसिर आईतवार १६:२७

मङ्सिर २३, परासी (रासस) | नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाको अध्यक्षमा राससकर्मी पुरुषोत्तम सुवेदी चयन हुनुभएको छ । 

युनियनको सदरमुकाम परासीमा आज सम्पन्न दशौँ अधिवेशनले सुवेदीलाई अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्ष(खुल्लातर्फ) सञ्जीव कोइराला, उपाध्यक्ष(समावेशीतर्फ) उमेश विक, सचिवमा प्रकाश न्यौपाने, सहसचिवमा मनिषा पाण्डे र कोषाध्यक्षमा जीवन न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः नवराज पौडेल, अनिल यादव, मनिष अधिकारी, मुक्तिनाथ तिवारी, नन्दलाल कुँवर, श्यामबदन हरिजन, युवराज चापागाईं, सञ्जय कँडेल, जितेन्द्र गुप्ता र सहभान मिया चयन हुनुुभएको छ । 

अधिवेशनले प्रदेश पार्सदमा अनिल यादव, शिव रेग्मी, इन्दु रेग्मी, मोहम्मद इजहार शेख, अजय लोनिया, ओमप्रकाश हरिजन, विष्णु श्रेष्ठ, शुशिला पाण्डे, इन्दिरा विक, उर्मिला यादव, रविन शर्मा चापागार्इं, नन्दु यादव, तारा चन्द्र वर्मा, लक्ष्मी हरिजन, डा श्यामप्रसाद न्यौपाने, रविन्द्र यादव, श्याम बुचामगर, धनेश्वर श्रेष्ठ र नारायण न्यौपानेलाई चयन गरेको छ । यस्तै केन्द्रीय पार्सदमा टिकाराम गैरे, हरि शर्मा, आरपी उपाध्याय, वृजराज कुशवाहा, डिगबहादुर क्षेत्री, जान्हवी जोशी, राजकुमार शर्मा, नारायण सुवेदी, सद्दाम हुसेन अन्सारी, रमेश खनाल, कल्पना भट्टराई र सीता शर्मा चयन हुनुभएको छ । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद देवेन्द्रराज कँडेल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रदेश सांसद बैजनाथ जयसवाल, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, प्रतापपुर गाउँपालिका प्रमख राजकुमार शर्मा, काङ्ग्रेस जिल्ला सभापति अर्जुन पोखरेल, पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष होमराज रानाभाट, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नवलपुर अध्यक्ष विरेन्द्र पराजुलीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी