२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेका सात स्थानीय तह एम्बुलेन्सविहीन

२०७५, २४ मंसिर सोमबार ०८:०५

मङ्सिर २४, बाँके | बाँकेका आठमध्ये सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । नरैनापुर गाउँपालिकाले केही महीनाअघि एउटा एम्बुलेन्स खरीद गरेको छ । गाउँपालिकामा उपयुक्त सडक नहुँदा उक्त एम्बुलेन्स पनि नियमित सञ्चालनमा आउन सकेको छैन । 

अधिकांश गाउँपालिकाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा शहरी क्षेत्रमा लैजानुपर्ने बाध्यता छ तर करीब दुई वर्षअघि चुनिएका जनप्रतिनिधिले स्थानीय तहको बजेटमा आफ्ना लागि भने महङ्गा गाडी किनेका पाइएको. छ । 

जिल्लामा भएका एम्बुलेन्सले सुविधा दिनुभन्दा सेवाका नाममा बिरामीलाई आफू अनुकूलका अस्पतालमा पुर्याएर कमिसन खाने गरेको गुनासा पनि आइरहेका छन् । नेपालगञ्जबाट भारतमा पठाइएका बिरामीलाई आफ्नो अनुकूलका अस्पतालमा पुर्याएर एम्बुलेन्स चालक र सञ्चालक समेतले कमिशन खाने गरेको खुलेको छ । 

नागरिकको गुनासो आएका कारण अब यस्ता एम्बुलेन्सको निगरानी गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले बताउनुभयो । जिल्ला एम्बुलेन्स सञ्चालक समितिले विभिन्न सङ्घसंस्थाहरुले समितिले तोकेको मापदण्ड पूरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमतिपत्र दिइएको छ । तीबाहेक अन्य एम्बुलेन्स अब निगरानी गरिने जनाइएको छ । 

नेपालगञ्जमा तोकिएको मापदण्ड पूरा गरेका १० वटालाई ‘ग’ श्रेणीको र एउटालाई ‘ख’ श्रेणीको अनुमति यसअघि प्रदान गरिएको अधिकृत चन्दले जानकारी दिनुभयो । जिल्लामा ३९ वटा एम्बुलेन्स र तीन वटा शववाहन सञ्चालनमा रहेकामा अधिकांश मापदण्डविपरीत छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते