२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्राकृतिक श्रोतको उचित ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड

८ पुष २०७२, बुधबार ०२:४४

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । नेपालमा रहेका अचुक प्राकृतिक श्रोतलाई अधिकतम प्रयो गर्नुपर्ने एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् ।

ग्रिन फाउन्डेसन नेपाल काठमाडौंले तुलसीपुरमा आयोजना गरेको संघीय प्रणालीमा नेपालको वन नीति, रणनीति तथा कार्यान्वयन बिषयक सम्वाद कार्यक्रमका सहभागीहरुले प्राकृतिक श्रोतको उचित बाँडफाँड र ब्यवस्थापन गर्न सके धेरै लाभ नेपालीले लिने सहभागिहरुको निष्कर्ष छ । सहभागीहरुले बन पैदावार निर्यात गर्नुपर्ने देश दीगो बन ब्यवस्थापन नहुँदा विदेशमा निर्भर हुनुपरेको बताका छन् ।

कार्यक्रममा अधिबक्ता पदम प्रसाद बैद्धिकले प्राकृतिक श्रोतको बाँडफाँड र उचित ब्यस्थापन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ग्रिन फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डेयले सामुदायीक बनका कार्यायोजना नविकरण नहुँदा र नविकरण भएका समूहले पनि योजना कार्यान्वयन नगर्दा देश काठमा परनिर्भर हुनपरेको बताउनु भयो ।

नेपालको बन विश्वमै नमुनाको रुपमा भएको चर्चा गर्दै अध्यक्ष पाण्डेले बनलाई बैज्ञानिक ब्यवस्थापन गरेर आयआर्जन बढाउनु पर्नेमा जोड दिनुभयो । जिल्ला वन अधिकृत नवराज काफ्लेले बन समूहका कार्यायोजना बैज्ञानिक नहुनु, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र बाताबरण समितिको प्रतिबन्धका कारण जिल्लामा बैज्ञानिक बन ब्यवस्थापन गर्न नसकिएको जानकारी दिनुभयो ।

केन्द्र सरकार र जिल्ला सरकारका बीचको तालमेल नहुनु, उपभोक्ता र बन कार्यालय बीचको समन्यव कम हुनु जस्ता कारणले गर्दा बनपैदावारको ब्यवस्थापनमा समस्या आउने गरेको उहाँले बताउनु भयो । कार्यक्रममा सामुदायीक बन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले अव बन्ने बन नीतिमा स्थानि श्रोत साधनमा स्थानियलाई अग्राधिकारको ब्यवस्था हुनुपर्ने माग गर्नुभयो । जनताले बनको संरक्षण गरेपनि भोगचलन गर्न नपाएकाले सबै क्षेत्रको उत्पादन बढेको समयमा बनको उत्पादन बढाउन नसकिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा इलाका प्रसासन कार्यालय तुलसीपुरका प्रमुख धनबहादुर केसी, सुकुम्वासी समस्या समाधान आयोग दाङका अध्यक्ष टीकाराम खड्का, दाङ काष्ठ ब्यवसायीका अध्यक्ष दानबहादुर अधिकारी, डा कल्पना देवकोटा, नेकपा एमालेका सचिव हुकुम बहादुर बस्नेत, एकीकृत नेकपा माओवादी दाङका अध्यक्ष कुबेर वली, गैराखाली हरियाली सामुदायीक बन उपभोक्ता समूहका अध्यक्ष छोटीलाल थारु, पत्रकार नारायाण भण्डारी लगायतका बक्ताहरुले नयाँ बन्ने बन नीतिमा समाबेश गर्नुपर्ने बिषयहरुमा सुझाव दिनुभएको थियो ।

नेपाल वाताबरण पत्रकार समूहको सहकार्य तथा बहु सरोकारवाला बन कार्यक्रमको सहयोगमा भएको कार्यक्रमको सहजिकारण ग्रिन फाउन्डेशन दाङका अध्यक्ष बिष्णु केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला