२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भीरबाट लडेर एकको मृत्यु

२०७५, २६ मंसिर बुधबार ०५:४१

मङ्सिर २६, कावासोती | नवलपरासीको बुलिङटार गाउँपालिका–६ हडाहाकी ६० वर्षीया मङ्गली कुमालको भीरबाट लडेर मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट खसेर मङ्गलबार साँझ उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । 

यसैबीच जिल्लामा गएराति छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीमा ना६ख ५२१७ नं को ट्रकमा लु१ह ८४० नं को अटोरिक्सा ठोक्किँदा अटोरिक्सा चालक मोरड मङ्गलबारेका ४३ वर्षीय छविलाल सुवेदी र उनकी श्रीमती ३४ वर्षीया गीता घाइते हुनुभएको छ । दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

यस्तै गैँडाकोट नगरपालिका–९ थुम्सिमा ना१क २२६ नं को ट्रकमा ना२३प १७३ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–१० भैँसाखोरीका ४० वर्षीय होमनाथ कँडेल घाइते भएका छन् । उनको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते