Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर २६ गते, बिहान ८:४३ बजे
दाङ्ग - DNG

खरिद गर्ने बहानामा सामान चोरी गर्ने ५ जना महिला पक्राउ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २६, दाङ | दाङको घोराही बजारबाट सामान खरिद गर्ने बहानामा चोरी गरेको आरोपमा ५ जना महिला पक्राउ परेका छन्  । 

ती महिलाहरुले पसलमा गएर एकजनाले व्यापारीहरूलाई सामान देखाउन भनी अलमल्याउने र अन्य महिलाहरूले व्यापारीले थाहा नपाउने गरी सामान चोरी गर्ने गरेको प्रहरीको भनाई छ ।

ती महिलाहरुले चोरी गरेका ४ थान ब्ल्या‌केटसमेत बरामद गरेको छ । घोराही वडा नं. १५ मा रहेको बजारबाट गएको २३ गते आइतबार पक्राउ गरी मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ ।