२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दलित समुदायमा जागरण ल्याउन घरदैलो अभियान

२०७२, ८ पुष बुधबार ०२:४७

पुस ८, दाङ । दलित वस्तीमा जागरण ल्याउनका लागि सौडियारमा घरदैलो अभियान थालिएको छ । दलित सञ्जाल सौडियारको आव्हानमा यस्तो अभियान थालिएको हो ।

गाविसले सञ्चालन गरेको पूर्ण सरसफाई अभियान, बालमैत्री स्थानीय शासन तथा लैंगीक हिंसा न्यूनीकरण अभियानका बारेमा दलित समुदायलाई सचेत बनाउन अभियान थालिएको सञ्जालका अध्यक्ष अनिता नेपालीले जानकारी दिनुभएको छ ।

दलित समुदायको बस्ती रहेका प्रत्येक वडाका टोल टोलमा पुगेर शौचालयको प्रयोगको अवस्था, घर आँगनको सरसफाई, आनिबानी परिवर्तनको अवस्था, आर्थिक अवस्था, बालबालिकालाई गर्ने व्यवहार, मदिरा सेवनलगायतका विषयमा जानकारी लिई उनीहरुलाई सकारात्मक बाटोमा लाग्नका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा दलित वस्तीहरुमा शौचालयको प्रयोग कम हुन थालेको, शौचालयमा दाउरा तथा पराल राख्ने गरेको, बालबालिकालाई नियमित विद्यालय नपठाउने जस्ता गुनासो आएपछि सञ्जालले आफै नेतृत्व गरेर अभियान चलाइएको नागरिक सचेतना केन्द्रका संयोजक गोमा नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दलितहरुको बाक्लो वस्ती रहेको वडानम्वर ६ को धौरेलीडाँडा, ९ नम्वरको कनरिया, ५ नम्वरको कोरीडाँडा, ४ नम्वरको फचकपुर, करैष, बचई सोता, ३ नम्वरको लखवार, १ नम्वरको अघरा तथा चैनपुरका प्रत्येक घरघरमा पुगेर सचेतनाको अभियान चलाइएको छ ।

पहिलो चरणमा शौचालय प्रयोग तथा सफा नराख्नेलाई सम्झाइएको र अर्को पटक पनि अवस्था नसुधारेमा जरिवानाको व्यवस्था समेत गरिने उहाँले बताउनुभयो । समाजमा दलित समुदायलाई फोहोरी, बढि मदिरा सेवन गर्ने, बालबालिकालाई दुव्र्यवहार, श्रीमान र श्रीमती बीच झगना गर्ने भनी आरोप लाग्ने गरेकाले त्यसलाई सुधारेर असल समुदायको रुपमा चिनाउन घरदैलो अभियान चलाइएको सञ्जालका सदस्य ममता बादीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त