२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

फरार रहेका तीन प्रतिवादी पक्राउ

२०७५, २७ मंसिर बिहीबार १३:४९

मङ्सिर २७, ललितपुर | प्रहरीले जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ । 

गत वर्ष मङ्सिरमा गोदावरी नगरपालिका–१, गोदामचौरमा भएको घटनाका प्रतिवादी विशालध्वज कार्की, पवन कुँवर र रघु सिलवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उच्च अदालत पाटनले जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दामा तीनै जनालाई थुनामा राख्न फैसला गरेको थियो । 

गत वर्ष पुसमा ललितपुर जिल्ला अदालतले प्रतिवादीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । गत वर्ष माघमा उच्च अदालत पाटनले प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने आदेश दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमख प्रहरी नायब उपरीक्षक गौतम मिश्र नेतृत्वको टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते