२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लिम्बू चलचित्र ‘के:’ को बिशेष सो हुने

२७ मंसिर २०७५, बिहीबार १४:२७

कमल घिमिरे।मंसिर२७।पाँचथर,  पााँचथरमा निर्माण गरिएको लिम्बू   कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को मंसीर २९ गते काठमाण्डौंमा बिशेष प्रदर्शनी हुने भएको छ  ।         

  नयाँवसपार्क   स्थित बिजी मलमा बिहान ८ बजे चलचित्रको बिशेष प्रदर्शन हुने लेखक÷निर्देशक सागर केरुङले बताउनुभयो ।

 काठमाण्डौपछि डिसेम्बर २७ मा सिक्किमको गेन्तोकस्थित लिम्बू भवनमा, जनवरी १ मा सिक्किमकै गेजिङ कमिटि हल गेजिङमा र १५ जनवरी कक्फेक्वा तङनामको अवशरमा नाम्धा सिक्किमस्थित लिङचोममा पनि चलचित्रको बिशेष प्रदर्शनी हुने मिति तय भइसकेको निर्देशक केरुङले बताउनुभयो ।

माता पाथीभरा फिल्मस््प्रा.लि.का लागि टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याबु्रङको बिषय उठाइएको छ । च्याब्रुङ बनाउन अनिबार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानूनी प्रावधानको वरिपरि चलचित्रको कथा घुमेको निर्देशक केरुङको भनाई रहेको छ । चलचित्रमा डीआर हाङसरुम्बाको मूख्य सह–निर्देशन, सन्देश सुब्बा सह–निर्देशन, सञ्जय आचार्यको छायाङ्कन, मेघराज मगरातीको ड्रोन अपरेटिङ र प्रेम पन्दाकको संगीत रहेको छ ।      पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, दीपक खनाल, संघर्ष खतिवडा, अप्सरा न्यौपाने, संगीता लाओती लगायतको अभिनय छ । चलचित्र २० लाख लगानिमा निर्माण सम्पन्न भएको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान