Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली कैदी भाग्न खोजेपछि…

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २७, हुम्ला | सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ ।

प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आज बिहान करिब ४ बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतमा लाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सुन्द्र सिंहको आँखामा खुर्सानी हालेर उनले भाग्न खोजेको थियो । प्रहरी जवान सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

हात हतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दाका अभियोग लागेका उनलाई जिल्ला अदालत हुम्लाको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।