२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

‘सरकारमा कुटनितिक दक्षता देखिएन’: अध्यक्ष राणा

८ पुष २०७२, बुधबार ०२:५५

ranaसन्तोषकुमार गुप्ता/पुस ८, दाङ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदय समशेर राणाले देशको समस्या समाधानका लागि दलहरु एक हुनुपर्ने वताएका छन् । रिपोटर्स क्लव दाङमा मंगलवार अध्यक्ष राणाले अहिले राजनीतिमा खेलेर वा झगडा गरेर मात्रै नहुने तर्क गरे ।
सांसद समेत रहेका राणाले चार महिना देखि भारतले लगाउँदै आएको नाकाबन्दी खोल्न अप्रत्यक्ष रुपमा कुटनिनिक पहल आवश्यकता रहेको चर्चा गरे । राणाले भने ‘ सरकार नाकावन्दी हुँदा समेत खुसी जस्तो देखिएको छ,कारण पूर्वमा कालोवजारीले सवारी चलेकै छन्।’

अहिलेको मुलुकभित्रै दुई खाले समानान्तर अर्थव्यवस्था देखिएको प्रति चिन्ता व्यक्त गरेका उनले राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्याङ्कमा मुलुकको अर्थतन्त्रमा ११ प्रतिसतले गिरावट आएको वताए । त्यस्तै यूनिसेफले नाकावन्दी पछि नेपालमा मानव संकट उत्पन्न भएको चर्चा गर्दै ३० लाख मानिस त्यसवाट प्रत्यक्ष प्रभावित वनेको वताए ।

१ वर्ष देखि ५ वर्ष सम्मका मात्रै उक्त संख्यामा मानिसहरु संकटमा रहेको र त्यसले दुई वर्ष भित्र पार्ने प्रभाव डरलाग्दो वन्ने उनको मत थियो । यस्तो अवस्था उत्पन्न हुँदा समेत सरकार कुटनितिक पहलमा चुक्नु विडम्वना भएको उनको भनाई थियो ।

अध्यक्ष राणाले मधेसको आन्दोलन समाधान गर्न आन्दोलनरत दलहरुलाई विश्वास दिलाउन जरुरी रहेको बताए । उनले मुलुकको समस्या आन्तरिक रुपमा हल गर्न सरकारले विश्वासको वातावरण सृजना गर्न नसकेको पनि आरोप लगाए । उनले भने ‘ सरकार नाकावन्दी खोल्ने सवालमा कुटनितिक पहल गर्न असक्षम देखियो, उसले नेपालले भोग्दै आएको मानव संकटको अवस्थालाई अन्तराष्ट्रिय करणपनि गर्न सकने।’

अध्यक्ष राणाले काँग्रेस मुलुकको समस्या समाधानका लागि कुटनितिक पहलमा लागेको जानकारी दिँदै मधेसको समस्या समाधानको लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताए । नेपाली काँग्रेस नेतृत्वको सरकारले संविधान लेखेपनि त्यो जनताको माझ पु¥याउन र बुझाउन नसक्नु विडम्वना भएको राणाले बताए ।

उनले थपे ‘ संविधान अपुरो छ भन्ने महसुश भएकोले नै काँग्रेसले संविधान संशोधन प्रस्ताव पेश गरेको हो , अब उक्त संशोधन पछि मुलुकको समस्या हल हुने छ ।’ अध्यक्ष राणाले अहिलेको संविधान वढी समावेशी भएर सरकार स्थितर हुने संभावना कमजोर वनेको दाबी गरे । उनले भने ‘ लोयर हावसमा ४० प्रतिसत प्रतिनिधि ल्याउने कुरा अन्य देशको संविधानमा व्यवस्था छैन, यो संविधानले गरेको व्यवस्था व्यवहारिक हुँन्छ वा हुँदैन,त्यो हेर्न वाँकि नै छ । तर यसले आउने दिनमा कुनै पनि दलको बहुमत आउने देखिदैन,भविस्यमा पनि यस्तै मिलिजुली सरकार वन्ने देखिन्छ ।’

रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य जन्मजय तिमिल्सेनाले वर्तमान सरकार हचुवाको भरमा संचालन गर्न खोजेको आरोप लगाएका थिए । उनले उखान टुक्का हालेर र रत्तौली खेलेर मात्रै तीन करोड नेपालीको भावनाको सम्मान नहुने हुँदा गंभिर कुटनितिक पहल गरी मुलुको समस्या हलगर्न आग्रह गरे ।

सरकारले गुण्डाराज चलाइरहेको आरोप लगाएका तिमिल्सेनाले तरुणका साथिहरुलाई ठाउँठाउँमा झुट्टा मुद्दा लगायर फसाइएको आरोप लगाए । उनले भने ‘ यहि स्थिति कायमै रहे हामी सहदरवार घेर्न वाध्य हुने छौं।’ प्रेस यूनियन दाङका अध्यक्ष सुशील वस्नेतको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण क्लवका सचिव विमल गौतमले गरेका थिए ।

१३औं महाधिवेशनलाई मध्यनजर गर्दै अध्यक्ष राणा मध्यपश्चिमका जिल्लाहरुको दौडाहा आएका हुन । सोमवार दाङ आएका राणा मंगलवार विहान सल्यान लागेका छन् भने उनी उतै वाट रुकुम समेत पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य