Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर २८ गते, बिहान ४:३३ बजे
दाङ्ग - DNG

दाङमा एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २८, दाङ | दाङको बंगलाचुलीमा गएराती एउटा घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगलागी  भएको हो। 

पुनका ७ बर्षिय छोरा कृष्णवहादुर पुन, छोरी अस्मिता पुन र अर्कि छोरी अन्जु पुनको आगलागीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घरमा सोलार पड्कीएर आगलागी भएको हो । घरमुली नवराजकी श्रीमती धामी कहाँ गएको बेला घरमा आगलागी भएको र उनिहरुका तीन छोरा छोरी घरमै रहेकाले आगलागीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। गएरातीमा परी पशुचौपाया समेत मरेका छन्।