२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

१३ औँ महाधिबेसनमा सभापतिमा लड्छुः सुजाता कोइराला

२२ पुष २०७२, बुधबार ०८:००

सन्तोषकुमार गुप्ता/ पुस, दाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुजाता कोईरालाले आसन्न १३ औँ महाधिबेसनमा सभापती पदमा उमेद्धारी दिने बताएकी छिन् ।

नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रिय सदस्य कोइरालाले स्वर्गीय गिरीजाप्रसाद कोइरालाले अपनाएको बाटो र पद्धती समाप्त पार्ने खेल भएको भन्दै अब आफुले पार्टीको नेतृत्व लिने बताईन । देश र जनताका लागि हरेक आन्दोलन र प्रजातन्त्रका लागि योगदान गर्नेहरुको धारलाई समाप्त पार्ने कांग्रेसकै नेताहरुबाट खेल भएको भन्दै कोइरालाले नेतृत्वका लागि अघि सरेको बताईन ।

पार्टी परम्परागत ढंग र पुरानो पुस्ताले अब पार्टी चलाउन नसक्ने भन्दै उनले नयाँ पुस्ताले नेतृत्व लिनु पर्ने धारणा राखिन । अर्को प्रसंगमा नेता कोइरालाले देश अहिले जटिल अबस्थामा रहेको भन्दै निकासका लागि राष्ट्रिय एकतामा जोड दिईन ।

नयाँ संबिधान उत्कृष्ठ संबिधान भएको जिकिर गर्दै कोइरालाले अब बिकासको चरणमा प्रबेश गर्नुपर्ने बताईन । दलका नेताहरु मिल्न नसक्दा हस्तक्षेप बढेको भन्दै उनले अब विकासको बाटोलाई पच्छ्याउन मेलमिलाप र एकतामा जोड दिईन । साथै नेता कोइरालाले सबै युवाहरुलाई कुनै न कुनै पेशा व्यवसायमा जोडिन आग्रह गरिन । राजनिति केही अंशमा गरे पनि पहिलो प्राथमिकता व्यवसायलाई दिनुपर्ने बताईन । देश चलाउने अब युवाहरुको जिम्मेवारी आएको भन्दै उनले युवालाई प्रोत्साहन गर्ने सरकार र नेताको आबश्यक रहेको बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा