२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पशुमा लाग्ने खोरेत रोग महामारी फैलियो

२०७५, २९ मंसिर शनिबार ०५:१७

मङ्सिर २९, डोटी | जाडो मौसम शुरु भएसँगै जिल्लामा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन शुरु भएको छ । 

जिल्लाको दीपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण क्षेत्रमा एक दुई हप्ता यतादेखि खोरेत रोगको महामारी फैलिन शुरु भएको स्थानीयवासी कैलाश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई, गोरुमा एकाएक खोरेत रोग देखियो, जति औषधि गरे पनि निको हुँदैन हामी त चिन्तित छौँ ।” 

यो रोग जाडो मौसममा भने महामारीका रुपमा नै फैलिने गरेको पशुसेवा डिभिजन कार्यालयका पशु चिकित्सक महानन्द साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरुवा रोग हो, रोग लाग्नुभन्दा पहिले नै सजग भए राम्रो, यस्को खासै उपचार हुँदैन ।” खास गरेर खुर भएका पशुको मुख र खुट्टामा खोरेतको सङ्क्रमण देखिने गरेको छ भने सङ्क्रमण फैलिँदै जाँदा खुरको छाला कुहिने र किरा पर्ने समस्या हुन्छ । शुरुको अवस्थामा पशुको मुखबाट ¥याल आउने तथा मुखभित्रको जिब्रोमा घाउसमेत हुने गरेको पशु चिकित्सक महानन्द साउँदले बताउनुभयो । यो रोग गाई, भैँसी, भेडा, बाख्रा र बङ्गुरमा लाग्ने गरेको छ । यो रोग लागेपछि शुरुमा पशुलाई जरो आउने, मुखबाट र्याल आउने, खुट्टामा घाउ भएर हिँड्न नसक्ने, खान छोड्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना