2026-09-14 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट एक लाख ३३ हजार नगदसहित कौडा खेल्ने ९ जना पक्राउ

मङ्सिर २९, कावासोती | कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ । 

उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान राख्ने छाप्रोमा कौडा खेलिरहेको अवस्थामा रु एक लाख ३३ हजार ४२० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । कौडा खेल्ने स्थानबाट १६ थान कौडा, कौडा खेल्ने काठको बोर्ड दुई थानसमेत बरामद गरिएको उहा“ले बताउनुभयो । 

कौडा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, २० वर्षीय एनिस गिरी, मध्यविन्दु नगरपालिका–३ का ४३ वर्षीय तीलकराम महतो, बर्दघाट नगरपालिका–४ का ४० वर्षीय दीपक भण्डारी, बर्दघाट–१४ का ३५ वर्षीय छविलाल शर्मा, १५ का २८ वर्षीय लालबहादुर तामाङ, चितवनका ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङ घर भई चितवनको भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय कविता गुरुङ रहेका छन् । 

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ