२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

तरकारी खेतीबाटै मनग्गे आम्दानी

२०७५, २९ मंसिर शनिबार १२:५५

कमल घिमिरे।मंसिर२९।पाँचथर, मेहनत गरे नेपालमै प्रसस्त मात्रामा पैसा कमाउन सकिन्छ भन्ने! कुरा फिदिम नगरपालिका ५ का ३२ वर्षीय बिक्रम तामाङ्ले देखाएका छन्।

बिक्रम अहिले आफ्नै करेसाबारीमा सब्जी खेती गरी बार्षिक ४ देखि ५ लाख सम्म आम्दानी गर्दै आएका छन् । फिदिम नगरपालिका ५ साविक चोकमागु ३ जौबारीमा बिक्रमले गरेको तरकारी खेती हेर्दा मेहनत र परिश्रमको उचित सदुपयोग भएको देखिन्छ । फुलकोपी,बन्दाकोपी,ब्रोकाउली,आलु,सिमी,मटर,धनियाँ लगायतका तरकारीहरु खेती गरिने तामाङ् बताउँछन्।५ बर्ष सम्म बैदेशिक रोजगारका लागि मलेशिया बसेर आएका बिक्रम अब बिदेश नगइ तरकारी खेतीमा तल्लिन हुने बताउँछन्।उनि भन्छन,'बिदेशको खटाइ अनुसार यहिँ खट्ने हो भने मनग्गे आम्दानी हुने र हुँदै आएको छ ।लक्ष्यका साथ अघि बढ्दा आफु र आफ्नो परिवार मजाले धान्न सकिन्छ । बिक्रम ले तरकारी खेती बाटै परिवार धानेर बचत पनि गरेका छन्।

 

 वि.सं.२०६५ सालमा एकिकृत शत्रुजिव व्यवस्थापनद्वारा स्थानीय स्तरमै ७ हप्ता फुलकोपी खेती सम्बन्धी तालिम लिएका तामाङ्ले अरु तरकारी आफ्नै मेहनतले खेती गरेका हुन्। कुनै पनि केमिकल प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन गर्ने गरेको तामाङ्को दावी छ। 

तरकारी खेती गरेको धेरै समय भएपनि अहिले सम्म कुनै सरकारी सहयोग नभएको र कृषि सँग सम्बन्धित आधिकारिक व्यक्तिहरु तरकारी अनुगमन गर्न नआएको बिक्रम बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते