२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कर्मचारीलाई निर्देशन दिदै मन्त्री शर्माले भनिन् जनताको काममा राजनीति नगर्नुहोस्

२० पुष २०७२, सोमबार ०८:१८

सन्तोषकुमार गुप्ता, पुस, दाङ ।

शासक हैन सेवक भएर काम गर्ने मन्त्री शर्माको सुझाव

सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामती कर्मचारीहरूलाई जहाँ आस्था राखेपनि सेवामुखी भएर जनताको काम गर्न निर्देशन दिनुभएको छ । दाङको घोराही नगरपालिकामा आइतबार आयोजित ‘दाङ जिल्लाको वर्तमान अवस्था, सार्वजनिक सेवा प्रवाह र सुशासन’ विषयक छलफल कार्यक्रममा सामान्य प्रशासनमन्त्री शर्माले राजनीतिक विचार जहाँ भए पनि जनताको सेवामा केन्द्रीत भएर काम गर्न निर्देशन दिनुभएको हो ।
rekha sharma
सरकारी कार्यालयहरू पद्धतिमा चल्न नसक्दा जनताले दुःख पाएका गुनासाहरू बढ्दै गएको मन्त्री शर्माको भनाइ छ । मन्त्री शर्माले जनताको भीड हुने कार्यालयहरूमा छिटोछरितो तरिकाले काम गर्न पनि निर्देशन दिनुभएको छ । गाविसको कार्यालयहरूमा नागरिक बडापत्र राख्न निर्देशन दिँदै सामान्य प्रशासनमन्त्री शर्माले साना विषयमा जनताले दुःख नपाउनु भन्ने विषयमा सबै सचेत हुनुपर्ने बताउनुभयो । छलफल कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जिल्लाको समग्र विकास र सुरक्षाका लागि जिम्मेवार भएर लागेको बताउनुभयो । उहाँले कर्मचारी प्रतिको जनताहरुले गर्ने गुनासो मेट्ने गरि सेवा लाग्न निर्देशन दिनु भयो । उहाँले राष्ट्र सेवक र सेवाग्राहीहरु शासक र साशितको अबस्थामा पुगेका गुनासोहरु व्यापक आउने गरेको भन्दै कार्यशैली र आचरणमा ध्यान दिन मन्त्री शमाले निर्देशन दिनु भयो । जनताहरु सँग प्रत्येक्ष जोडिएर काम गर्ने कर्मचारीहरु भनेकै नायब सुब्बा र खरिदारहरु नै भएको भन्दै उहाँले एक महिना सम्म सिकेका सिपलाई कार्यालय र सेवाग्राहीको काममा लागु गर्न आग्रह गर्नु भयो । वदलिदो परिवेसमा जनताले आशा गरे अनुसारको जनमुखी र सेवामुखी प्रशासन बनाउन आबश्यक रहेकोमा जोड दिदै मन्त्री शर्माले सिप, ज्ञान र क्षमतलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले एक महिना सम्म सिकेको सिपलाई दैनिक जिवन र कार्यालयको व्यवस्थापन तथा सेवा प्रबाहमा अनिबार्यरुपमा लागु गर्नु आग्रह गर्नु भयो । तालिममा सहभागि नायब सुब्बा शान्तराज अधिकारी र खरिदार लक्ष्मी अधिकारीले तालिमको अनुभब सुनाउदै एक महिने तालिमले आफुहरुको जिम्मेवारीमा धेरै ज्ञान दिएको बताउनु भयो । तालिम कार्य सहयोगि बनेको भन्दै व्यवस्थापन र सेवा प्रबाहमा लागु गर्ने प्रतिबद्धता जनाए । साथै उनीहरुले यस्ता तालिमहरु कर्मचारी सेवा प्रबेसकै चरणमा दिन सके अझ प्रभाबकारी हुने धारणा राख्नु भयो ।

राजपत्र अंकीत प्रथम श्रेणिका कर्मचारीलाई कार्यालय व्यवस्थापन र द्धितिय श्रेणिका कर्मचारीलाई सिचिवाल सिप सम्बन्धी एक महिना तालिमको आयोजना गरिएको हो । तालिममा दाङ सहित राप्ती र अन्य विभिन्न जिल्लाका ९५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । सबै कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । तालिम सामापन कार्यक्रमको सहजिकरण तालिमका प्रशिक्षक तथा कार्यक्रम संयोजक अर्जुज बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा