२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घरमै नागरिकता पाएपछि अपाङ्गता भएका ब्याक्तिहरु खुसी

२०७५, २९ मंसिर शनिबार १५:१९

टेकेन्द्र बोहरा | मङ्सिर २९, बझाङ | नागरिकलाई स्थानिय स्तरमै सुबिधा दिने उदेश्यले जिल्ला प्रसासन कार्यालय बझाङले घरमै गएर नागरिकता  अपाङ्गता परिचय पत्र र फोटो सहितको मतदाता नामावली समेत संकलन गरेपछी अपाङ्गता ब्याक्तिहरु खुसी भएका छन । 

शुक्रबार बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालिका वडा नँ ५ कालुखेतीमा जिल्ला प्रसासन कार्यालयले अपाङ्गता भएका नागरिकहरुको घर मै गएर नेपाली नागरिकता, अपाङ्गता परीचय पत्र , प्रदान गरेको हो ।

जिल्लाको खप्तड छान्ना गाँउपालिका ५ कालुखेतीमा ३ दीने सम्म धुम्ती सिबिर सञ्चालन गरिएको थियो । सिविरमा आउन नसकेका खप्तड छान्ना गााउपालिका ५ का २० बर्षिया पुस्कर सिंह र खप्तड छान्ना गाउँपालिका ४ की २२ बर्षिया किमा रोकायाको घरमै गएर नेपाली नागरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

जोशिका अनुसार,‘अपाङ्गता भएका व्यक्तिहरु लाई शिविरमा आउन समस्या हुने भएकाले घरमै गएर नागरिकता र अपाङ्गता परिचय पत्र दिएको बताउनु भयो ।


नागरिकहरुलाई गाउँमै सेवा सुबिधा दिने उदेश्यले खप्तड छान्ना गाउँपालिकाको समन्वयमा तीन दिने नागरिकता तथा मतदाता नामावली संकलन शिबिर सञ्चालन गरिएको थियो । 

घुम्ती शिविरमा एक सय सात जना महिला र ५५ जना पुरुष गरि एक सय ६२ जनाले नागरिकता प्राप्त गरेका छन् भने एक सय ९८ जनाले फोटो सहितको मतदाता नामावली बनाएको जिल्ला प्रसासन कार्यालय बझाङले जनाएको छ ।

घरमै आएर राज्यले नागरिकता ,अपाड्डता परिचय पत्र र मतदाता नामावली संकलन गरे पछी आफु खुसि भएको खप्तड छान्ना गाउँपालिका वडा नँ ४ कि २२ वर्षिया किमा रोकायाले भनिन् । सदरमुकाम गएर नागरीकता बनाउनका लागि आफु जान नसकेर त्यसै बस्नु परेको र गाउँपालिकाले दिने सेवा सुविधा पनि नागरिता नभएर रोकिएको थियो सरकारको जय होस् । खुसि हुदै उनले भनिन् । यस्तै घुम्ती शिबिर जिल्लाका अन्य गाउँपालिकाहरुमा समेत सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  


माथिको तश्वीरमा: घरमै नागरिकता बितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सिवराज जोशी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते