२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियाको हर्षेडाँडा पनि माघी मेला सञ्चालन हुने

२०७२, २३ पुष बिहीबार ११:५९

सन्तोषकुमार गुप्ता । भालुवाङ २३ पुस । देउखरीको धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडा लालमटियामा यस पनि माघी मेला सञ्चालन गरिने भएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि माघीमेला सञ्चालन गरिने भएको हो । समूहको बिहिबार आफ्नै सभाहलमा भएको बैठकले माघी मेलालाई निरन्तरता दिने निर्णय गरेको हो । समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् समूहका संसथापक अध्यक्ष युवराज न्यौपानेको प्रमसख आतिथ्यमा भएको बैठकले मेलालाई थप व्यवस्थीत थप आर्षित बनाउन विभिन्न उपसमिती गठन गरी जिम्मेवारी प्रदान गरेको छ । जस अनुसार समूहका सचिव भिमकान्त भुसालको संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिती, लालमणि भुसालको संयोजकत्वमा ७ सदस्यीय प्रचारप्रसार समिती, आत्माराम भण्डारीको संयोजकत्वमा ७ सदस्यीय स्टल निर्माण तथा व्यवस्थापन समिती र अध्यक्ष जोहरमान मियाँको संयोजकत्वमा ७ सदस्यीय शान्ति सुरक्षा तथा अनुगमन समिती गठन गरेको छ भने सांस्कृतिक कार्यक्रमका लागि न्यू डान्स क्रियसन लालमटियालाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

बैठकमा समूहका कार्यसमिती पद्धाधिकारी, सल्लाहकार, पूर्वअध्यक्षहरु, समाजसेवी, बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण समूहका सचिव भिमकान्त भुसालले गरेका थिए । लालमटिया बजार देखि करिब ३ किलोमिटर उत्तर तर्फ अवस्थीत उक्त धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडामा परापूर्वकाल देखि पुस ३० गते देखि माघ २ गते सम्म माघी मेला सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते