२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियाको हर्षेडाँडा पनि माघी मेला सञ्चालन हुने

२३ पुष २०७२, बिहीबार ११:५९

सन्तोषकुमार गुप्ता । भालुवाङ २३ पुस । देउखरीको धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडा लालमटियामा यस पनि माघी मेला सञ्चालन गरिने भएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि माघीमेला सञ्चालन गरिने भएको हो । समूहको बिहिबार आफ्नै सभाहलमा भएको बैठकले माघी मेलालाई निरन्तरता दिने निर्णय गरेको हो । समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् समूहका संसथापक अध्यक्ष युवराज न्यौपानेको प्रमसख आतिथ्यमा भएको बैठकले मेलालाई थप व्यवस्थीत थप आर्षित बनाउन विभिन्न उपसमिती गठन गरी जिम्मेवारी प्रदान गरेको छ । जस अनुसार समूहका सचिव भिमकान्त भुसालको संयोजकत्वमा ७ सदस्यीय आर्थिक संकलन समिती, लालमणि भुसालको संयोजकत्वमा ७ सदस्यीय प्रचारप्रसार समिती, आत्माराम भण्डारीको संयोजकत्वमा ७ सदस्यीय स्टल निर्माण तथा व्यवस्थापन समिती र अध्यक्ष जोहरमान मियाँको संयोजकत्वमा ७ सदस्यीय शान्ति सुरक्षा तथा अनुगमन समिती गठन गरेको छ भने सांस्कृतिक कार्यक्रमका लागि न्यू डान्स क्रियसन लालमटियालाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

बैठकमा समूहका कार्यसमिती पद्धाधिकारी, सल्लाहकार, पूर्वअध्यक्षहरु, समाजसेवी, बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण समूहका सचिव भिमकान्त भुसालले गरेका थिए । लालमटिया बजार देखि करिब ३ किलोमिटर उत्तर तर्फ अवस्थीत उक्त धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडामा परापूर्वकाल देखि पुस ३० गते देखि माघ २ गते सम्म माघी मेला सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा