२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गाउँ परिषदको माईक नेता र टाठा–बाठालाई, स्थानिय नागरिकले बोल्न पाएनन् 

२४ पुष २०७२, शुक्रबार १२:०९

gau parisad

सन्तोषकुमार गुप्ता । पुस २४, लालमटिया । लालमटिया गाउँ विकास समितीको अगामी आर्थिक बर्ष २०७३/०७४ को बजेट विनियोजनका लागि शुक्रबार गाविस भवन मसुरियामा भएको १९ औँ गाउँ परिषद्मा स्थानिय नागरिकहरुले आफ्ना गुनासा राख्न नपाएकोमा दुख व्यक्त गरेका छन् ।

गाउँ परिषद् उद्घाटन कार्यक्रममा नेता र टाठाबाठाहरुले मात्र बोल्ने कार्यक्रमको सेडुलप्रति उनीहरुले असन्तुस्ष्ट समेत पोखे । परिषद्को उद्घाटन पूर्व बिहिबार गाविस भवनमा एकिकृत योजना तर्जुमा गोष्ठीले गाविस स्तरमा क्रियाशिल विभिन्न सञ्जाल, संघसंस्थाहरुबाट प्रतिनिधित्व हुने गरी बोल्ने दिने कार्यक्रम प्रति उनीहरुले असन्तुष्ट व्यक्त गरेका हुन् । लोकतन्त्रमा सबै नागरिकले समानरुपमा विचार राख्न पाउने अधिकार छ, तर हाम्रो गाविसमा हामी जस्ता समान्य नागरिकलाई समय मागेर बोल्न खोज्दा पनि दिएन् यो कस्तो लोकतन्त्र हो लालमटिया—३ का शिवबहादुर एमसीले भने । गाउँ परिषद् जस्तो कार्यक्रममा बोल्नेबक्ताहरुमा समेत सिन्डीकेट लागु भयो यो हाम्रो लागि दुर्भाग्य हो उनले भने । हामीले पठाएको प्रतिनिधिले हाम्रा सबै कुरा बोल्नेन् त्यसैले हामीले पनि बिचार राख्न खोजेका थियौँ तर सञ्चालकले निर्णय उन्लघन गर्न मिल्दैन भन्दै बोल्न मिल्दैन भन्दै दिउनन् एमसीले भने । परिषद्मा उनी मात्र होईन् कायौँ नागरिकहरुले उनी जस्तै बिचार राख्न नपाएको भन्दै गुनासो गरे । परिषद् जस्तो कार्यक्रममा टाठाबाँठाहरुलाई माईक हामीलाई भने उनीहरुको भाषण सुनाउन कुनै पार्टीको कार्यक्रम जस्तो गराए यस्तो पनि गाविसको परिषद् हुन्छ उनले प्रतिप्रश्न गरे ।

lalmatiya dang

गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षता एवम् दाङ्ग क्षेत्र नम्बर २ की सांसद शुशिला चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला विकास समिती दाङ्गका आन्तरिक लेखा परिक्षण अधिकृत सुदनबहादुर डिसीको बिशिष्ट आतिथ्यमा भएको परिषद्ले अगामी आर्थिक बर्ष २०७३÷०७४ का लागि १ करोड ८६ लाख २ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । जस अन्र्तगत पुँजीगत अनुदान तर्फ ४५ लाख ९५ हजार, सञ्चालन अनुदान तर्फ ४ लाख ५७ हजार, सामाजिक सुरक्षाभत्ता बितरण तर्फ ९५ लाख, जिविस तथा अन्य योजना तर्फ २५ लाख र आन्तरिक स्रोत तर्फको पुँजीगत खर्च ४ लाख ७ हजार रकमको बजेट प्रस्तुत गरेको छ । जसअनुसार पुँजीगत तर्फ भौतिक विकास निर्माण अन्र्तगत ठुला योजनाहरुका लागि ६० प्रतिशतका दरले नौँ वटा योजनाका लागि ११ लाख ४४ हजार १ सय ५५ र साना तथा प्रर्वद्धनात्मक योजनाहरुका लागि ४० प्रतिशतका दरले नौँ वटा योजनाहरुका लागि ७ लाख ६२ हजार ७ सय ७० रुपैयाँ बजेट वनियोजन गरेको छ । त्यसैगरी लक्षित बर्ग कार्यक्रम तर्फ महिला लक्षित कार्यक्रम ८ वटा कार्यक्रमका लागि ४ लाख ५९ हजार ५ सय, बालबालिका लक्षित तर्फ ९ वटा कार्यक्रमका लागि ६ लाख ८९ हजार २ सय ५०, बिपन्न आदीबासी, जनजाति, अपाङ्ग, मधेसीमुस्लिम लगायत अन्य वर्गका तर्फ १२ वटा कार्यक्रमका लागि ६ लाख ८९ हजार २ सय ५०, कृषि लक्षित कार्यक्र तर्फ १३ वटा कार्यक्रमका लागि ६ लाख ८९ हजार २ सय ५० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाविसले आर्थिक बर्ष २०७१/०७२ मा १ करोड ६८ लाख ७ हजार २ सय ३४ रुपैयाँ २३ पैसा आम्दानी गरेको छ भने १ करोड ६३ लाख ६६ हजार ७ सय ३ रुपैयाँ ८३ पैसा खर्च भएको र ४ लाख ४० हजार ५ सय ३० रुपैयाँ ४ण् पैसा बैंक मौज्दात रहेको प्रस्तुत प्रतिवेदनले जनाएको छ । त्यस्तै गाविसले आर्थिक बर्ष २०७२/०७३ का लागि १ करोड ८२ लाख ५२ हजार बराबरको संसोधित आयव्यव समेत प्रस्तुत गरेको छ ।

lalvatiya dang

गाविस बोर्ड सदस्य तथा पशु सेवा केन्द्र लालमटियाका प्रमुख निमबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको गाउँ परिषद् उद्घाटन समारोहलाई नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेकपा एमालेका शोभाकरण भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, नेकपा—माओवादीका गणेश केसी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राप्रपाका टेकबहादुर गिरी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, थरुहट तराई पार्टी नेपालका सनिराम चौधरी नेपाल कम्युनिष्ट पार्टीका छविलाल सुनार र संघीय लोकतान्त्रिक मञ्च थरुहटका रामप्रसाद चौधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा लालमटिया गाविसका पूर्व अध्यक्ष दोर्ण भुसाल, स्थानिय बुद्धिजिवी लालमणि शर्मा, एरावती आर्दश बहुमुखी क्याम्पसका सञ्चालाक समिती अध्यक्ष सुर्यप्रकाश शर्मा, सम्पूर्ण विद्यालयको तर्फबाट आर्दश उच्च माविका प्रचार्य दामोदर पाण्डे, पत्रकार महेश रिजाल, मधेसीमुस्लिमका तर्फबाट गुलामअलि शाही, जनजाति सञ्जालका उपाध्यक्ष बुद्धिराम चौधरी, दलित सञ्जालका अध्यक्ष खड्गबहादुर नेपाली, अपाङ्ग सञ्जालका अध्यक्ष लक्ष्मी चौधरी, महिला सञ्जालकी अध्यक्ष सरस्वता पोख्रेल, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल र वार्ड नागरिक मञ्चकी अध्यक्ष शारदा भुसाल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गाविसका सहलेखापाल रेशमराज अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य