Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

गरीबीका कारण सानै उमेरमा विवाह

२०७५, २ पुष सोमबार ०९:११

हेमन्त केसी | पुस २, जाजरकोट | पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ । 

उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्दै बिहे हुने गरेको छ । विभिन्न आर्थिक प्रलोभनमा परेर, कम उमेरमा बिहे गर्नेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । 

आर्थिक अवस्था कमजोर भएका परिवारका छोरी धनीसँग बिहे गरेमा राम्रो लगाउने, मीठो खाने भ्रमका कारण छिटो बिहे हुने गरेको छ । कम उमेरका छात्रा र छात्र देखासिकी गरेर लहलहैमा बिहे हुने गरेको पनि पाइएको छ । 

अभिभावकको उक्सावट, सानै उमेरमा नाति, नतिना देख्ने सोचका कारण अधिकांशको सानै उमेरमा बिहे हुने गरेको छ । गैरदलित भन्दा दलित समुदायका छात्रछात्रा सानै उमेरमा बिहे गर्ने गरेको शिक्षक बताउँछन् । विद्यालयमा कक्षा छोड्नेको सङ्ख्या दलित समुदायकै रहेको पाइन्छ । स्थानीय सरकार, विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने सङ्घ, संस्थाले बालविवाह न्यूनीकरणका लागि अभियान चलाए पनि दुरदराजको भू–भागमा सानै उमेरमा बिहे गर्नेको सङ्ख्या अत्यधिक रहेको छ । 

जिल्लामा बिहे गर्ने उमेरका अधिकांश किशोरीहरु आमा बनेका छन् । ग्रामीण क्षेत्रमा सञ्चार माध्यमको पहुँच नहुनु र आमा, बाबाले छिटो नातिनातिना भएको देख्ने चाहनाले गर्दा बालविवाहको क्रम रोकिएको छैन । खासगरी बालिकालाई रजस्वला हुनुअघि नै बिहे गरिदिनु पर्छ भन्ने मान्यता पनि कतिपय समुदायमा रहेको छ । 

बिहेपछि पढाइ र आमा, बच्चाको अवस्था कमजोर भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । विद्यालयमा पढ्दापढ्दै बिहे गर्दा अधिकांशले पढाइ छाडेर घर सम्हालेर बसेका छन् । केहीले सानै उमेरमा बिहे भएकामा पछि पछुतो मान्ने गरेको पनि शाह बताउनुहुन्छ । विद्यालयमा पढ्दापढ्दै धेरैजसो छात्रछात्राको विवाह हुने गरेकाले उनीहरुले पढाइलाई निरन्तरता दिन नसकेको सेफ द चिल्डे«नका मनोज सुनुवारले जानकारी दिनुभयो । 

कम उमेरमा विवाह गरेर उमेर नपुग्दै आमा बन्दा मानसिक, शारीरिक असर पर्नुका साथै बिहे गर्ने उमेरमा सम्बन्ध विच्छेद हुने घटना बढेको छ । जिल्ला अदालतको एक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा दर्ता भएको ५१ वटा सम्बन्ध विच्छेदका मुद्दामा ४१ जोडीको उमेर ३० वर्ष मुनि रहेको छ । यी सबै सम्बन्ध विच्छेद गर्ने जोडीको विवाह १९ वर्ष नपुग्दै भएको थियो । मुलुकी देवानी तथा फौजदारी संहितामा २० वर्ष नपुग्दै विवाह गरेको पाइए बालविवाह ठहर हुने उल्लेख छ । 

बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ६७ हजार ३३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै ४९ हजार ८६२ अर्थात ७४ प्रतिशतले विवाह गर्ने गरेका छन् । प्रतिवेदन अनुसार १६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेको उल्लेख छ । १० देखि १४ वर्षसम्मका पाँच हजार ६६८ जनाले बालविवाह गरेका छन् । 

त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकको तुलनामा बालिकाको सङ्ख्या धेरै रहेको छ । बालविवाह गरेकामध्ये ६२ दशमलब ८७ प्रतिशत बालिका र ३७ दशमलब १३ प्रतिशत बालक रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली