2026-09-13 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा राससकर्मीसहित बीस पत्रकार पुरस्कृत

पुस २, दाङ | नेपाल पत्रकार महासङ्घ दाङले २६औँ स्थापना दिवस तथा वाषर््िाक साधारणसभाको अवसरमा आज रासस दाङका प्रमुखसहित विभिन्न पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । 

पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै रासस दाङकी प्रमुख नारायणी रजौरेलाई पत्रकारिता प्रतिभा पुरस्कार २०७५ ले सम्मान गरेको हो । रजौरेलाई नगर रु १० हजार र कदरपत्रले पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनले एक कार्यक्रमकाबीच सम्मान गर्नुभएको हो । 

त्यसैगरी रासस घोराही समाचारदाता रीता लामालाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नगद रु पाँच हजार र कदरपत्रसहित सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा योगदान पुरस्कारबाट पत्रकार रामप्रसाद पौडेल, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार गोपाल शर्मा भट्टराई, जीतेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार विमल गौतम, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार अमरराज आचार्य, लोककुमारी स्मृति पत्रकारिता पुरस्कार युगराज पोख्रल, नदीन स्मृति पत्रकारिता पुरस्कार इन्द्र विवश डिसी, नारायणी स्मृति पत्रकारिता पुरस्कार देवी भण्डारी र फोटो पत्रकारिता पुरस्कार कुलदीप न्यौपानेलाई प्रदान गरीएको छ । 

यस्तै कार्यक्रममा महिला सिर्जनशील पत्रकारिता पुरस्कार विमला घर्ती, पत्रकारिता प्रोत्साहन पुरस्कार आभाष बुढाथोकी, ओमप्रकाश गुप्ता, दीपक जिएम, विकास डाँगी, कवि–गोकुल स्मृति पत्रकारिता पुरस्कार जीवन नेपाली, रोशन स्मृति पत्रकारिता पुरस्कार पुरन शर्मालाई प्रदान गरिएको हो ।

त्यसैगरी पण्डित लीलाकण्ठ मरहट्ठा पत्रकारिता पुरस्कार विमल योगी, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार सुरेश सुमन डाँगी, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विवेक खड्कालाई प्रदान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले