<p><b>पुष २, घोराही (रासस) | </b>एक महीनादेखि सम्पर्कविहीन रहेका घोराही उपमहानगरपालिका—१३ का १७ वर्षीय सुबास पुनको शव फेला परेको छ । <br></p><p>गत कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको आज घोराही—१९ को हरिकिसे जङ्गलको भिरमा शव फेला परेको हो । स्थानीय महिला दाउरा सङ्कलनका लागि जङ्गल गएको समयमा शव देखेपछि खबर गरेका थिए । </p><p>मृतकका भिनाजु विवेक गुरुङले कपडामार्फत पहिचान गरेको बताइएको छ । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि ल्याइएको छ । मृतकको शरीर सबै गलेको अवस्थामा रहेको छ । उनीसँगै स्वर्गद्वारी गएका अन्य नौ जना घर फर्किएपछि उनको खोजी शुरु गरिएको थियो । </p>
एक महिनादेखि बेपत्ता १७ वर्षीय सुबास पुनको शव फेला
Leave a Comment

