Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रङरोगनको काम गर्ने एक मजदुर आफ्नै कोठामा मृत भेटिए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३, काठमाडौँ | काठमाडौँ महानगरपालिका–१९ जनसेवास्थित दमाईंटोलका एक मजदुर आज आफ्नै कोठामा मृत भेटिएका छन् ।

रङरोगनको काम गर्ने सर्लाही लालबन्दी नगरपालिका–८ घर भई काठमाडौँमा डेरा गरी बस्ने २८ वर्षीय अनिल थारु आफ्नै कोठामा मृत फेला परेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । मृत्युको कारण नखुलेको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँको सुन्धाराबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध डाइजेपाम ५०० एम्पुल, बुप्रेनोर्फिन ५०० एम्पुल र फेनारगन ५०० एम्पुलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडाँै महानगरपालिका ३१ पुतलीसडक बस्ने २४ वर्षीया मेरीना तिवारी, वडा नं २१ जैसीदेवलका २७ वर्षीया सारिका श्रेष्ठ र भारत पूर्वीचपारण मोतिहारीका २१ वर्षीय विकासकुमार कुशवाह रहेका छन् । सोमबार साँझ पक्राउ परेका तीनै जनाको विषयमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । (रासस)