२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध

२०७५, ३ पुष मंगलवार १२:५९

पुस ३, मार्तडी | बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । 

त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको छ । गएको मङ्सिर २८ गतेबाट विद्युतगृहको यन्त्रको पाटपुर्जा बिग्रिएपछि विद्युत् सेवा अवरुद्ध भएको त्रिवेणी साना जलविद्युत् केन्द्रका निमित्त व्यवस्थापक गणेश शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्युतगृह को बेरिङ टुटेपछि सेवा अवरुद्ध भएको बताउनुभयो । बेरिङ भारतबाट ल्याउन लागेकाले विद्युत् नियमित सञ्चालन हुन अझै एक हप्ता लाग्ने निमित्त व्यवस्थापक शाहीको भनाइ रहेको छ । विसं २०४२ मा निर्माण भएको उक्त विद्युत्को यन्त्र नफेरिँदा पटकपटक विद्युत् सेवा अवरुद्ध हँुदै आइरहेको छ । अवरुद्ध यन्त्र बनाउने कार्य भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र बाजुराले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते