२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गोबरडिहा गाविसको २२ औँ गाउँ परिषद् सम्पन्न

२०७२, २७ पुष सोमबार ०५:३९

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । दाङ्ग क्षेत्र नंंम्बर १ की सांसद पार्वती डिसी चौधरीले गाउँ—गाउँमा विकासको लहर फैलाउन तत्काल स्थानिय निकायको निर्वाचन गरिनु पर्ने बताइएकी छिन् । गाविसमा जनप्रतिनिधि नहुँदा जनताले सोचे अनुरुप विकासको अनुभुति गर्न नपाएको बताउँदै सांसद चौधरीले स्थानिय निकायको निर्वाचनको विकल्प नरहेको बताईकी छिन् । 

new

गोबरडिहा गाउँ विकास समितीको आईतबार गाविस भवन गोबरडिहाको जेठानगाउँमा भएको २२ औँ गाउँ परिषद्को उद्घाटन गदै सांसद चौधरीले टाठाबाठा र बोल्न सक्ने व्यक्तिले विकासको बजेट लैजाने गरेको भन्दै पछिल्लो समयमा कर्मचारी तन्त्र हावी भएको बताईन् । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी सांसद चौधरीले कर्मचारीतन्त्र हावी भएकै कारण विकास निर्माणले गति लिन नपाएकोले गाविसमा प्रतिनिधित्व गर्ने दलहरु विकासको सवालमा दलगत स्वार्थ त्यागेर विकास निर्माणमा एक ढिक्क हुन आग्रह गरिन् ।

उनले जब सम्म हामी दलिय खिचातानी गछौँ तब सम्म जति बजेट आए पनि विकास निर्माण हुन सक्ने बताईन् । सांसद चौधरीले क्षेत्र नम्बर १ को विकासका लागि आफू मन्त्रालयमा पहल र गृहकार्य गरिरहेको समेत बताईन् । उनले विकास निर्माणमा सबै जनताहरु दलका नेता र सांसदहरुलाई खबरदारी गर्न आग्रह समेत गरिन् ।

परिषद्ले अगामी आर्थिक बर्ष २०७२÷०७३ का लागि १ करोड ६५ लाख २७ हजार ६ सय ५९ रुपैयाँको प्रस्तावित बजेट तथा आर्थिक बर्ष २०७३÷०७४ का लागि १ करोड ८१ लाख ८५ हजार ५ सय ८५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । जस अन्र्तगत आर्थिक बर्ष २०७२÷०७३ को पुँजीगत खर्च तर्फ ४९ लाख ९५ हजार, सञ्चालन खर्च तर्फ ९० लाख २१ हजार ४ सय, समाजिक सुरक्षाभत्ता वितरण तर्फ ८१ लाख ६० हजार, जिविस अनुदान खर्च १५ लाख ५० हजार र आन्तरिक सा्रेत तर्फ ११ लाख ६१ हजार २ सय ५० रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पुँजीगत तर्फ भौतिक विकास निर्माण अन्र्तगत ठुला योजनाहरुका लागि ६० प्रतिशतका दरले १३ वटा योजनाका लागि ११ लाख ९७ हजार २ सय २२ र साना तथा प्रर्वद्धनात्मक योजनाहरुका लागि ४० प्रतिशतका दरले २१ वटा योजनाहरुका लागि ७ लाख ९८ हजार १ सय ५२ रुपैयाँ बजेट वनियोजन गरेको छ ।

जस अन्र्तगत साना योजना तर्फ सिँचाईका लागि २ लाख, विद्युत विस्तारका लागि १ लाख, सड्क निर्माण तथा मर्मतका लागि १ लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी लक्षित बर्ग कार्यक्रम तर्फ महिला लक्षित कार्यक्रम ९ वटा कार्यक्रमका लागि ४ लाख ४३ हजार ४ सय १८, बालबालिका लक्षित तर्फ ८ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६, बिपन्न आदीबासी, जनजाति, अपाङ्ग, मधेसीमुस्लिम लगायत अन्य वर्गका तर्फ २४ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६ रुपैयाँ विनियोजन गरेको छ ।

जस अन्र्तगत जनजाति तर्फ १ लाख ५० हजार, दलित तर्फ ९० हजार, मधेसी पिछडा वर्ग तर्फ ९० हजार, अपाङ्ग तर्फ ६० हजार र जेष्ठ नागरिक तर्फ ६० हजार बजेट विनियोजन गरेको छ र त्यसैगरी कृषि लक्षित कार्यक्रम तर्फ १६ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६, अन्य खर्च तर्फ २ लाख १५ हजार १ सय २६ र विविध खर्च तर्फ १ लाख ६० हजार ८ सय २५ रुपैयाँको बजेट विनियोजन गरेको छ ।

परिषद्ले आर्थिक बर्ष २०७३÷०७४ का लागि पुँजीगत खर्च तर्फ ५० लाख ९५ हजार, सञ्चालन खर्च तर्फ ९८ लाख ७१ हजार ४ सय, समाजिक सुरक्षाभत्ता वितरण तर्फ ८९ लाख १४ हजार ४ सय, जिविस अनुदान खर्च २० लाख, ३० हजार र आन्तरिक सा्रेत तर्फ ९ लाख ७२ हजार १ सय ८५ रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पुँजीगत तर्फ भौतिक विकास निर्माण अन्र्तगत ठुला योजनाहरुका लागि ६० प्रतिशतका दरले ६ वटा योजनाका लागि ११ लाख ९७ हजार २ सय २७ र साना तथा प्रर्वद्धनात्मक योजनाहरुका लागि ४० प्रतिशतका दरले २४ वटा योजनाहरुका लागि ७ लाख ९८ हजार १ सय ५२ रुपैयाँ बजेट वनियोजन गरेको छ ।

जस अन्र्तगत साना योजना तर्फ सिँचाई तथा खानेपानी तर्फ २ लाख, विद्युत विस्तारका लागि १ लाख २५ हजार, सड्क निर्माण तथा मर्मतका लागि २ लाख ५५ हजार र अन्य साना भौतिक सुधार तर्mि २ लाख १८ हजार १ सय २५ रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी लक्षित बर्ग कार्यक्रम तर्फ महिला लक्षित कार्यक्रम १४ वटा कार्यक्रमका लागि ४ लाख ४३ हजार ४ सय १८, बालबालिका लक्षित तर्फ १२ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६, बिपन्न आदीबासी, जनजाति, अपाङ्ग, मधेसीमुस्लिम लगायत अन्य वर्गका तर्फ २२ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६ रुपैयाँ विनियोजन गरेको छ ।

जस अन्र्तगत जनजाति तर्फ १ लाख ५० हजार, दलित तर्फ ९५ हजार, मधेसी पिछडा वर्ग तर्फ ९५ हजार, अपाङ्ग तर्फ ६० हजार र जेष्ठ नागरिक तर्फ ६५ हजार १ सय २६ रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी कृषि लक्षित कार्यक्रम तर्फ १२ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६ र विविध खर्च तर्फ १ लाख ६० हजार ८ सय २५ रुपैयाँको बजेट विनियोजन गरेको छ ।

गाविस सचिव बुद्धिमान चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी पूर्व सभासद् रश्मीराज नेपालीले विकासका नाममा कोही कसैले पनि राजनिति गर्न नहुने बताएका थिए । उनले विकासका लागि राज्यको ठोस निति र अनुगमन पक्षलाई बलियो बनाउँदै बजेट निकास प्रक्रिया सहज बनाउनु पर्ने बताएका थिए ।

गाविस बोर्ड सदस्य तथा गोबरडिहा स्वास्थ्य चौकी इन्चार्ज रामसिंह मण्डलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा गोबरडिहा गाविसका निर्वतमान अध्यक्ष सहजराम यादव, राजनितिक दलको तर्फबाट थरुहट तराई पार्टीका सनिराम चौधरी, विद्यालयका तर्फबाट सरस्वती उच्च माविका प्रचार्य कुलचन्द्र पौडेल, बुद्धिजिवी बिष्णुप्रसाद योगी, साना किसान सहकारी संस्थाका अध्यक्ष रामसुरत बर्मा, जेष्ठ नागरिक पद्मप्रसाद शर्मा, दलित सचेतना अभियानका संयोजक बेगम गहत्तराज, महिला सञ्जालकी अध्यक्ष शुशिला चौधरी, वार्ड नागरिक मञ्चकी संयोजकद्धय शान्ति चौधरी, बीरबहादुर महत्तरा र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गाविसका सहलेखापाल कुलराज कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते