२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चालकलाई ट्राफिक प्रमुखले भने सेकेण्ड—सेकेण्डमा ध्यान दिनुस्

२७ पुष २०७२, सोमबार १६:२५

traffic news

सन्तोषकुमार गुप्ता । दाङ २७ पुस । सवारी दुर्घटना अधिकांश चालकको लापर्वाहीका कारण हुने गरेको भन्दै दाङमा प्रहरीले चालकलाई प्रशिक्षण दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सोमबार घोराहीको बसपार्कमा करिब ४५ जना चालकलाई भेला गराई दुर्घटनाबाट बच्न र बचाउन प्रशिक्षण दिएको हो ।

जिल्ला भएका अधिकांश सवारी दुर्घटना चालककै लापर्वाही कारणले हुने गरेको भन्दै ट्राफिक प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताउनु भयो । वसपार्कमा चालकहरुलाई सिट क्षमता भन्दा बढी यात्रु नबोक्न, गति सिमित गर्न, हुस्सु लागेको बेला बत्ती बालेर सवारी चलाउन र मादक पदार्थ सेवन गरेर गाडि नचलाउन र साईड बत्तीहरुको प्रयोगमा ध्यान दिन सिंहले आग्रह गर्नु भयो । चालकहरुले पनि होसियारी र नियमलाई पालना गरेर सवारी चलाउने प्रतिबद्धता जनाएका थिए । मध्यपश्चिम क्षेत्र कै धेरै दुर्घटना र क्षति हुने जिल्लाकोरुपमा चिनिने दाङमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियम पालनालाई कडाई गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनु भयो ।

सानो लापर्वाहीले ठूलो क्षति हुन सक्ने भन्दै प्रहरीले क्षमता भन्दा धेरै यात्रु बोकेको गाडिलाई रोकेर बुझाउने र सिट क्षमता अनुसार यात्रु बोक्न निर्देशन दिदै आएको छ । गएको बुधबार नारायणपुरमा वस दुर्घटना हुदा ८ जनाको मृत्यु र २१ जना घाईते भएपछि प्रहरीले सवारी जाँच र नियम पालनामा कडाई गरेको छ । यसैविच प्रहरीले महिला र अपांगहरुका लागि छुट्याईएको सिटको कार्यान्वयन भए नभएको समेत निगरानी गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य